Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

धादिङको बेनीघाट रोराङमा अध्यक्षमा माओवादी केन्द्रका विवेक र उपाध्यक्षमा नेकपा एसका टाप बहादुर श्रेष्ठ विजयी

धादिङको बेनीघाट रोराङमा अध्यक्षमा माओवादी केन्द्रका विवेक र उपाध्यक्षमा नेकपा एसका टाप बहादुर श्रेष्ठ विजयी

images
धादिङको बेनीघाट रोराङमा अध्यक्षमा माओवादी केन्द्रका विवेक र उपाध्यक्षमा नेकपा एसका टाप बहादुर श्रेष्ठ विजयी
images

धादिङ, ३ जेठ । धादिङको बेनीघाट रोराङ गाउँपालिका अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार कृष्ण थपलिया (विवेक) विजयी भएका छन् । उपाध्यक्षमा पनि गठबन्धन कै साझा उम्मेदवार एकीकृत समाजवादीका टाप बहादुर श्रेष्ठ विजयी भएका छन् ।

अध्यक्ष पदमा विवेकले ७,६८० मत ल्याई विजयी भएका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेका देव प्रसाद त्रिपाठीले ५,०७२ मत पाएका थिए । यस्तै उपध्यक्षमा श्रेष्ठले ५,९०१ मतले जितेका हुन् भने उनको निकटम प्रतिद्वन्दी एमालेकी हिरादेवि रेग्मीले ४,६६७ मत पाएकी थिईन् ।

१० वटा वडा रहेको यस गाउँपालिकामा माओवादीले २, ४, ५, ६, ७ र ८ गरी ५ वडा, एमालेले ३ र ९, कांग्रेसले १ र १० वडामा विजयी भएको छ, भने एकीकृत समाजवादीले वडामा कुनै जित निकाल्न सकेन ।

यी हुन् निर्वाचित वडा अध्यक्षहरु
बेनीघाट रोराङ १ जीवन सिं तामाङ, कांग्रेस
बेनीघाट रोराङ २ हेमराज भुजेल, माओवादी केन्द्र
बेनीघाट रोराङ ३ मा भुवन, त्रिपाठी एमाले
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर, माओवादी केन्द्र
बेनीघाट रोराङ ५ शिव सिल्वाल, माओवादी केन्द्र
बेनीघाट रोराङ ६ मा टेकनाथ सिल्वाल, माओवादी केन्द्र
बेनीघाट रोराङ ७ मा कुमार बस्नेत, माओवादी केन्द्र
बेनीघाटरोराङ ८ राजकुमार श्रेष्ठ, माओवादी केन्द्र
बेनीघाट रोराङ ९ मा देवीबहादुर, खड्का एमाले
बेनीघाट रोराङ १० विकास प्रजा, कांग्रेस

images
प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - २१:५४:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology