भुम्लिचोक, ३ जेठ । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले जितेको छ ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मदेवारी दिएका दिपक तिमिल्सिना र नेपाली कांग्रेसको तर्पmबाट उपाध्यक्षमा उम्मेदवारी दिएका ललिता अधिकारी विजयी भएका हुन् ।
अध्यक्ष तिमिल्सिनाले ६ हजार ३ सय २६ मत ल्याए भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका होम बहादुर रानाले ४ हजार ६ सय ५५ मत प्राप्त गरे ।
उपाध्यक्षमा विजयी अधिकारीले ४ हजार ८ सय २१ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका भीम प्रसाद श्रेष्ठले ४ हजार ४४ मत प्राप्त गरे ।
भिमसेन गाउँपालिकामा नेपाली कांग्रेसका विरुद्ध माओवादी र जनता समाजवादी पार्टीले गठबन्धन गरेका थिए ।