ताक्लुङ, १ जेठ । गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ४ मा पनि माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार गाउँपालिकाको वडा नं. ४ को वडाध्यक्षमा माओवादी केन्द्रबाट यम बहादुर थापा निर्वाचित भएको हो।
भर्खरै निर्वाचित वडाध्यक्ष थापाले ७७१ मत ल्याएका थिए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार लुम बहादुर थापाले ४५७ मत पाएका थिए ।
उक्त वडामा माओवादी केन्द्रले पूरै प्यानल जितेको छ ।
*उल्लेखित समाचारमा नेकपा एमालेका वडाध्यक्ष उम्मेद्वारले पाएको मत ४५७ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सं.