Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

शहिद लखन गाउँपालिकाको पहिलो महिला वडाध्यक्षमा माओवादी केन्द्रका सकुन थापा निर्वाचित 

शहिद लखन गाउँपालिकाको पहिलो महिला वडाध्यक्षमा माओवादी केन्द्रका सकुन थापा निर्वाचित 

images
शहिद लखन गाउँपालिकाको पहिलो महिला वडाध्यक्षमा माओवादी केन्द्रका सकुन थापा निर्वाचित 
images

मनकामना, १ जेठ । गोरखाको शहिद लखन गाउँपालिकामा पहिलो पटक वडाध्यक्षमा महिला निर्वाचित भएकी छिन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार गाउँपालिकाको वडा नं. २ को वडाध्यक्षमा सकुन थापा निर्वाचित भएकी हुन्।

भर्खरै निर्वाचित उनी शहिद लखन गाउँपालिकाको इतिहासमा वडाध्यक्षमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन्। उनले वडाध्यक्षमा ५७२ मत पाएकी छिन्। उनका निकटम प्रतिद्वन्द्वी पूर्व वडाध्यक्ष समेत रहेका एमाले उम्मेद्वार अचल बाबु थापाले ४५३ मत पाएका थिए । 

उक्त वडामा माओवादी केन्द्रले पूरै प्यानल जितेको छ । 

हेर्नुस् यस्तो छ मत परिणाम

१) गाउँपालिका अध्यक्ष
- सूर्य - ६२४
- रुख - २४६
- हँसिया हथौडा- ५००
- छाता- ११
- कुखुराको भाले- ५
२) गाउँपालिका उपाध्यक्ष
- सूर्य - ४७८
- रुख - ३८१
- हँसिया हथौडा- ४८७
- छाता- २१
३) वडा अध्यक्ष
- सूर्य - ४५३
- रुख - ३२७
- हँसिया हथौडा- ५७२
- छाता - ३२
- कुखुराको भाले- १०
४) महिला वडा सदस्य
- सूर्य - ४६४
- रुख - ३३२
- हँसिया हथौडा- ५३५
- छाता -१४
५) दलित महिला वडा सदस्य
- सूर्य - ४६८
- रुख - ३१६
- हँसिया हथौडा-५४२
६) खुला वडा सदस्य-२
- एक सूर्य - ४४२
- दुई सूर्य - ४२८
- एक रुख - ३२५
- दुई रुख - ३४३
- एक हँसिया हथौडा- ४८३
- दुई हँसिया हथौडा - ४९४
- एक छाता- २६
- दुई छाता - ६

images
प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०८:०५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology