भुम्लिचोक, ३१ वैशाख । गोरखाको गण्डकी गाउँपालिका वडा नं. १ अन्तर्गत रहेको प्रजावस्ती प्रावि बरडाँडा केन्द्रको मत गणना सकिएको छ । ६८९ मतदाता रहेको उक्त केन्द्रमा ५४७ मत खसेको थियो।
भर्खरै सकिएको उक्त केन्द्रको मतगणना अनुसा नेकपा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत सबै पदमा अग्रता लिएको छ ।
अध्यक्षमा माओवादी केन्द्रका दिपक तिमिल्सिनाले ३७८ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार होम बहादुर रानाले १०९, नेकपा एमालेका विष्णु प्रसाद पन्तले २५, राप्रपाका अम्बिका रुपाखेतीले ०, मंगोल नेशनल अर्गनाइजेशनका गंगा बहादुर रानाले ० र स्वतन्त्र उम्मेद्वार विशेष पन्तले ० मत प्राप्त गरेको छ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रसँग गठबन्धन गरेका जनता समाजवादी पार्टीका भीमनारायण श्रेष्ठले २८४ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसको ललिता अधिकारीले ११२ मत, नेकपा एमालेका रेणुका नहर्कीले १४ मत र राप्रपाका बाबुराम रेग्मीले ० मत पाएका छन्।
वडाध्यक्षमा माओवादी केन्द्रका तोपमान गुरुङले ३८० मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसको अमन गुरुङले १०२, नेकपा एमालेका प्रेम कुमार श्रेष्ठले २८ र जनता समाजवादी पार्टीका ऋषिराम घिमिरेले १३ मत पाएका छन्।