Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इच्छाकामना १ को मतगणना सकियो, गठबन्धनले खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षमा भने एमालेको अग्रता 

इच्छाकामना १ को मतगणना सकियो, गठबन्धनले खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षमा भने एमालेको अग्रता 

images

इच्छाकामना न्युज

३१, बैशाख २०७९
इच्छाकामना १ को मतगणना सकियो, गठबन्धनले खाता खोल्यो, अध्यक्ष, उपाध्यक्षमा भने एमालेको अग्रता 
images

कुरिनटार, ३१ वैशाख ।  चितवनको इच्छाकामना गाउँपालिकाको वडा नं. १ मतगणना सकिएको छ । मतगणनाको प्राप्त नतिजा अनुसार वडाध्यक्षमा गठबन्धनका उम्मेद्वार सन्त बहादुर राना मगर ६३९ मतका साथ बिजयी भएका छन्। 

रानाको निकटम प्रतिद्वन्द्वी एमालेका नन्दलाल गिरीले ६२९ मत पाएका थिए । सुरुवात देखि नै झिनो मत अन्तरले अग्रता लिदै आइरहेका गिरीलाई अन्तिम १२६ मत गणनाको क्रममा मगरको भन्दा १० मत कम आएको हो।

वडाध्यक्षमा खठबन्धनले खाता खोले पनि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने एमालेले अग्रता कायमै राखेको छ । 
अध्यक्षका एमाले उम्मेदवार दान बहादुर गुरुङले ६२३ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसको गीताकुमारी गुरुङले ५८१ मत प्राप्त गरेको छ। जसअनुसार ४२ मतको मतान्तर रहेको छ।

यस्तै उपाध्यक्षमा पनि एमालेको माया सिलवालले ६३० मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरुङले ५९८ मत पाएका छन् । जसअनुसार उपाध्यक्षमा ३२ मतको मतान्तर रहेको छ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १६:१०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology