कुरिनटार, ३१ बैशाख । चितवनको इच्छाकामना गाँउपालिकामा १२०० मत गणना हुदाँ गठबन्धनको उम्मेद्वारसँग नेकपा एमाले उम्मेद्वार पुनः मतान्तर बढाएको छ । मतगणनाको सुरुवाती देखिनै अग्रता लिएको एमालेले गठबन्धनसँग पछिल्लो ताजा परिणाम अनुसार अध्यक्षमा मतान्तर पुनः बढाएको हो।
वडा नं. १ को १ हजार २ सय मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले ५६० मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसको गीताकुमारी गुरुङले ५१६ मत प्राप्त गरेको छ। जसअनुसार १ हजार मत गन्दा ३२ मतको मतान्तर रहेकोमा १ हजार २ सय मत गन्दा बढेर ४४ मतको मतान्तरमा पुगेको छ।
यस्तै उपाध्यक्षमा पनि एमालेको माया सिलवालले ५६७ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरुङले ५२७ मत पाएका छन् । जसअनुसार १ हजार मत गन्दा ३७ मतको मतान्तर रहेकोमा १ हजार २ सय मत गन्दा बढेर ४० मतको मतान्तरमा पुगेको छ।
वडाध्यक्षमा एमालेका नन्दलाल गिरिले ५६६ मत पाएका छन् भने गठबन्धनबाट माओवादीका सन्त बहादुर रानाले ५६३ मत पाएका छन्। जसअनुसार १ हजार मत गन्दा ५ मतको मतान्तर रहेकोमा १ हजार २ सय मत गन्दा वडाध्यक्षमा ३ मतको झिनो मतान्तर हुन पुगेको छ।
अब वडा नं. १ को १२६ मत मात्र गणना गर्न बाँकी छ। यसैले केहि बेरमा यो वडाको मतगणना सकिने देखिन्छ ।