Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

गोरखा गण्डकी गाउँपालिकाको प्रारम्भिक मतगणनामा काँग्रेसको अग्रता

गोरखा गण्डकी गाउँपालिकाको प्रारम्भिक मतगणनामा काँग्रेसको अग्रता

images

इच्छाकामना न्युज

३१, बैशाख २०७९
गोरखा गण्डकी गाउँपालिकाको प्रारम्भिक मतगणनामा काँग्रेसको अग्रता
images

भुम्लिचोक, ३१ बैशाख । गोरखाको गण्डकी गाँउपालिकाको प्रारम्भिक मत गणनामा नेपाली काँग्रेसले अग्रता लिएको छ । पहिलो २ सय मतगणनामा नेपाली काँग्रेसले अग्रता लिएको हो। 

वडा नं. १ को २ सय मत गणना हुँदा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार होम बहादुर रानाले ९६ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका दिपक तिमिल्सिनाले ७९ मत, नेकपा एमालेका विष्णु प्रसाद पन्तले १६, राप्रपाका अम्बिका रुपाखेतीले ०, मंगोल नेशनल अर्गनाइजेशनका गंगा बहादुर रानाले ० र स्वतन्त्र उम्मेद्वार विशेष पन्तले ०  प्राप्त गरेको छ। 

यस्तै उपाध्यक्षमा पनि नेपाली काँग्रेसको ललिता अधिकारीले ९८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रेणुका नहर्कीले १४, जनता समाजवादी पार्टीका भीमनारायण श्रेष्ठले १२ र राप्रपाका बाबुराम रेग्मीले ० मत पाएका छन्।

वडाध्यक्षमा नेपाली काँग्रेसको अमन गुरुङले ९७ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका तोपमान गुरुङले ८३, नेकपा एमालेका प्रेम कुमार श्रेष्ठले १७ र जनता समाजवादी पार्टीका ऋषिराम घिमिरेले २ मत पाएका छन्।

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १४:४१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology