Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इच्छाकामनामा १००० मत गन्दा गठबन्धनले मतान्तर घटायो 

इच्छाकामनामा १००० मत गन्दा गठबन्धनले मतान्तर घटायो 

images

इच्छाकामना न्युज

३१, बैशाख २०७९
इच्छाकामनामा १००० मत गन्दा गठबन्धनले मतान्तर घटायो 
images

कुरिनटार, ३१ बैशाख । चितवनको इच्छाकामना गाँउपालिकामा १००० मतसम्म गणना हुदाँ गठबन्धन उम्मेद्वारले नेकपा एमालेसँग मतान्तर घटाएको छ । मतगणनाको सुरुवाती देखिनै अग्रता लिएको एमालेलाई पछ्याएको गठबन्धनले पछिल्लो ताजा परिणाम अनुसार अध्यक्षमा मतान्तर ३२ मतमा झारेको छ। 

वडा नं. १ को १ हजार मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले ४६३ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसको गीताकुमारी गुरुङले ४३१ मत प्राप्त गरेको छ। जसअनुसार ९ सय मत गन्दा ४१ मतको मतान्तर रहेकोमा १ हजार मत गन्दा घढेर ३२ मतको मतान्तरमा आईपुगेकोछ।

यस्तै उपाध्यक्षमा पनि एमालेको माया सिलवालले ४७३ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरुङले ४३६ मत पाएका छन् । जस अनुसार ९ सय मत गन्दा ४१ मतको मतान्तर रहेकोमा १ हजार मत गन्दा उपाध्यक्षमा घटेर ३७ मतको मतान्तरमा आईपुगेको छ। 

वडाध्यक्षमा एमालेका नन्दलाल गिरिले ४७२ मत पाएका छन् भने गठबन्धनबाट माओवादीका सन्त बहादुर रानाले ४६७ मत पाएका छन्। जसअनुसार ९ सय मत गन्दा ६ मतको मतान्तर रहेकोमा १ हजार मत गन्दा वडाध्यक्षमा ५ मतको झिनो मतान्तर हुन पुगेको छ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - १३:५६:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology