Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इच्छाकामनामा गठबन्धनसँग निरन्तर मतान्तर बढाउदै एमाले, मतान्तर ४१ पुग्यो

इच्छाकामनामा गठबन्धनसँग निरन्तर मतान्तर बढाउदै एमाले, मतान्तर ४१ पुग्यो

images

इच्छाकामना न्युज

३१, बैशाख २०७९
इच्छाकामनामा गठबन्धनसँग निरन्तर मतान्तर बढाउदै एमाले, मतान्तर ४१ पुग्यो
images

कुरिनटार, ३१ बैशाख । चितवनको इच्छाकामना गाँउपालिकामा नेकपा एमालेले गठबन्धनसँग निरन्तर मतान्तर बढाउदै लगेको छ । ताजा परिणाम अनुसार ९ सय मत गन्दासम्म अध्यक्षमा मतान्तर ४१ पुगेको छ । 

वडा नं. १ को ९ सय मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले ४२२ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसको गीताकुमारी गुरुङले ३८१ मत प्राप्त गरेको छ। जसअनुसार ८ सय मत गन्दा ३८ मतको मतान्तर रहेकोमा ९ सय मत गन्दा बढेर ४१ मतको मतान्तर हुन पुगेको छ।

यस्तै उपाध्यक्षमा पनि एमालेको माया सिलवालले ४२८ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरुङले ३८७ मत पाएका छन् । जस अनुसार ८ सय मत गन्दा ३६ मतको मतान्तर रहेकोमा ९ सय मत गन्दा उपाध्यक्षमा बढेर ४१ मतको मतान्तर हुन पुगेको छ । 

अध्यक्ष र उपाध्यक्षमा मतान्तर बढाएको एमालेले वडाध्यक्षमा भने झिनो मतान्तर देखिएको छ। वडाध्यक्ष्मा एमालेका नन्दलाल गिरिले ४२५ मत पाएका छन् भने गठबन्धनबाट माओवादीका सन्त बहादुर रानाले ४१९ मत पाएका छन्। जसअनुसार ८ सय मत गन्दा ५ मतको मतान्तर रहेकोमा ९ सय मत गन्दा वडाध्यक्षमा ६ मतको झिनो मतान्तर हुन पुगेको छ।

images
प्रकाशित मिति :बैशाख ३१, २०७९ शनिवार - ११:५८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology