कुरिनटार, ३१ बैशाख । चितवनको इच्छाकामना गाँउपालिकाको प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमालेका उम्मेद्वारहरुले गठबन्धनका उम्मेद्वारहरुसँग अझै मतान्तर बढाउदै लगेको छ ।
वडा नं. १ को ८ सय मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले ३७६ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसको गीताकुमारी गुरुङले ३३८ मत प्राप्त गरेको छ। जसअनुसार ६ सय मत गन्दा २४ मतको मतान्तर रहेकोमा ८ सय मत गन्दा बढेर ३८ मतको मतान्तर हुन पुगेको छ।
यस्तै उपाध्यक्षमा पनि एमालेको माया सिलवालले २९२ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका प्रताप गुरुङले २६५ मत पाएका छन् । जस अनुसार ६ सय मत गन्दा २७ मतको मतान्तर रहेकोमा ८ सय मत गन्दा उपाध्यक्षमा बढेर ३६ मतको मतान्तर हुन पुगेको छ ।
अध्यक्ष र उपाध्यक्षमा मतान्तर बढाएको एमालेले वडाध्यक्षमा भने मतान्तर घटाएको छ। वडाध्यक्ष्मा एमालेका नन्दलाल गिरिले ३७९ मत पाएका छन् भने गठबन्धनबाट माओवादीका सन्त बहादुर रानाले ३७४ मत पाएका छन्। जसअनुसार ६ सय मत गन्दा १५ मतको मतान्तर रहेकोमा ८ सय मत गन्दा वडाध्यक्षमा घटेर ५ मतको मतान्तर हुन पुगेको छ।