Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इच्छाकामना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेद्वारहरुले मतदान गरे

इच्छाकामना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेद्वारहरुले मतदान गरे

images

इच्छाकामना न्युज

३०, बैशाख २०७९
इच्छाकामना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेद्वारहरुले मतदान गरे
images

कुरिनटार, ३० वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा विभिन्न पार्टीबाट चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष उम्मेद्वार रहेकाहरुले मतदान गरेका छन्।

प्राप्त जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका पूर्व अध्यक्ष एवं हाल गठबन्धनबाट अध्यक्ष उम्मेद्वार रहेकी गीता कुमारी गुरुङले माझगाउँ मावि मतदान केन्द्रबाट बिहान ७ बजे पहिलो मतदान गरेकी छिन् भने गठबन्धनबाटै उपाध्यक्ष उम्मेद्वार रहेका प्रताप गुरुङले राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङ मतदान केन्द्रबाट मतदान गरेका छन् ।

यसैगरी नेकपा एमालेबाट अध्यक्ष उम्मेद्वार रहेका दान बहादुर गुरुङले राष्ट्रिय आधारभूत विद्यालय देविभञ्ज्याङ्ग मतदान केन्द्रबाट बिहान ७ बजे पहिलो मदतान गरेका छन् भने एमालेबाट उपाध्यक्ष उम्मेद्वार रहेकी माया सिलवालले त्रिवेणी बराह मावि मुग्लिन केन्द्रबाट मतदान गरेकी छिन् ।

गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका बिक्रम श्रेष्ठले पनि त्रिवेणी बराह मावि मुग्लिन केन्द्रबाट मतदान गरेका छन् भने नेपाल मजदुर किसान पार्टीबाट अध्यक्ष उम्मेद्वार पदम बहादुर थापाले वडा नं. ७ को मतदान केन्द्रमा मतदान गरेका छन्।

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - १०:४४:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology