कुरिनटार, २७ वैशाख । इच्छाकामना गाउँपालिकामा चुनावी सर्गर्मी बढ्दै गर्दा एक अर्का माथी आरोप लगाउने क्रम पनि बढेको छ। यसै बिचमा नेकपा एमालेका अध्यक्ष उम्मेद्बारले गाउँपालिकामा एक इन्च पनि सडक पिच नभएको भनी लगाइएको आरोपको पाच दलिय गठबन्धनका अध्यक्ष उम्मेद्बार तथा पूर्व गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले खण्डन गरेको छ।
अध्यक्ष पदका उम्मेद्बार गिताकुमारी गुरुङले २०७४ सालको स्थानिय तहको निर्वाचन पछि आफू पालिका प्रमुख भएर आइसकेपछि गाउपालिकामा आफुले लिएको लक्ष्य अनुसार सडक सुधार गर्न नसकेको भए पनि अनुपातमा अन्य स्थानिय तहले भन्दा धेरै सुधार गरेको बताए । उनले भने ‘आरोप जे पनि लगाउन पाइन्छ तर चुनाव जित्नकै लागि तथ्य बिपरित नबोलिदिन बरु सम्बन्धित निकायबाट तथ्यांक सुरक्षित रहेकोले तथ्यांकको तथ्य अनुसार बोलीदिन मेरो आग्रह छ’
त्यही प्रसंगमा गुरुङले आफ्नो प्रतिद्वन्दीले भने जस्तो एक इन्च पनि सडक पिच नभएको होइन सोचे अनुरुप नभए पनि थालनी भएको छ। ५ बर्षमा गाउँपालिका भित्रको करिव ५ किलोमिटर सडक पिच भएको छ। करिव ५.५ किमि सडक ढलान गरि पक्की बनाइएको छ भने ६६ किलोमिटर सडकमा ग्रावेल गरिएको छ। पहिले सडकले नजोडिएको क्षेत्रमा करिव ३८२ किलोमिटर नया ट्र्याक खोली जनताको घर घरमा सडक संजालले जोडिएको समेत उनले बताए।