Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

आँबुखैरेनी एमालेको प्रतिबद्धता पत्र : विद्युत रायल्टी र ढुङ्गा बालुवा ठेक्काको पारदर्शी गरी आयआर्जन गर्ने (प्रतिबद्धता पत्र सहित)

आँबुखैरेनी एमालेको प्रतिबद्धता पत्र : विद्युत रायल्टी र ढुङ्गा बालुवा ठेक्काको पारदर्शी गरी आयआर्जन गर्ने (प्रतिबद्धता पत्र सहित)

images

इच्छाकामना न्युज

२७, बैशाख २०७९
आँबुखैरेनी एमालेको प्रतिबद्धता पत्र : विद्युत रायल्टी र ढुङ्गा बालुवा ठेक्काको पारदर्शी गरी आयआर्जन गर्ने (प्रतिबद्धता पत्र सहित)
images

आँबुखैरेनी, २७ वैशाख । आसन्न स्थानीय निर्वाचनका लागि तनहुँको आँवुखैरेनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुले गाउँपालिकाका बासिन्दाको आधारभूत आवश्यकतालाई सहज बनाउने र आर्थिक अवस्थालाई माथि उकास्ने प्रतिवद्धता जनाएका छन्। नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार ऋषि केसी, उपाध्यक्षका उम्मेदवार मिना अधिकारी र गाउँपालिकाका छ वटै वडाका अध्यक्ष एवं सदस्यहरुले पालिकाका बासिन्दाको आधारभूत आवश्यकता परिपूर्तिका साथै आर्थिक, सामाजिक हैसियत वृद्धि गर्ने विषयलाई प्राथमिकताका साथ प्रतिवद्धता जनाउँदा मतदाताको घरदैलोमा पुगेका छन् ।

गाउँपालिकाको आयआर्जन वृद्धिको लागि एमालेका उम्मेदवारहरुले विद्युत रोयल्टीको रकम पालिकाले आफ्नो आवश्यकताका आधारमा वितरण गर्ने र माङ्दीका साथै अन्य खोला नालाको ढुङ्गा वालुवाको ठेक्का पारदर्शी रुपमा व्यापक जनसहभागीहरुको उपस्थितीबाट गर्ने प्रतिवद्धता जनाएका छन् ।

गण्डकी प्रदेशकै नाका वा प्रवेशद्वार रहेको आँबुखैरेनी गाउँपालिका भएकाले जुनसुकै विकासको पूर्वाधारलाई यस पालिकाबाट नाघेर अन्यत्र जान नदिने र जिल्ला, प्रदेश वा केन्द्रीय निकायबाट बजेट व्यवस्थापन गरी आँबुखैरेनीलाई नमुना पालिकाको रुपमा विकास गर्ने अध्यक्षका उम्मेदवार केसीले मतदातासंग प्रतिवद्धता जनाएका छन् ।

प्रदेश भित्रै रहेको तर छिमेकी जिल्लामा बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई नयाँ व्यवस्थपनका साथ सञ्चालन गर्न आवश्यक पहल र समन्वयमा सहयोग गर्ने, पालिका भित्र आय आर्जन वृद्धिगर्न तथा जनतालाई सेवा सविधा प्रवाह गर्ने क्रममा आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन पनि आफैले गरेर कार्य सञ्चालन गर्ने माङ्दी जलविद्युतगृहलाई पर्यटन विकासका लागि जलकृडा स्थलका रुपमा विकास गरी माछापालन गर्दै आय आर्जन समेत गर्ने, गाँउपालिकाभित्र रहेको ढुङ्गा तथा बालुवा खानीहरुको उत्खनन गरी पालिकाको आयस्रोतमा वृद्धि गर्ने योजनाका साथ मतदाताको घरदैलोमा पुगि आफुलाई विजयी गराउन मत मागेको अध्यक्षका उम्मेदवार केसीले बताए।

यस्तै, युवा उद्यमीहरुलाई आवश्यक मेशिन, औजार जस्ता सामाग्री खरिदमा अनुदान दिने व्यवस्था गर्दै यस्ता उद्यमीलाई प्रोत्साहन गर्ने योजना बनाएका उम्मेदवारहरुले गाउँपालिका भित्र रहेका व्यक्तिगत तथा संस्थागत क्षेत्रमा उद्योग व्यवसाय सञ्चाल गर्नेलाई दर्ता प्रकृयामा सहजिकरण गर्दै यसमा लाग्ने सम्पूर्ण रकम छुट दिने, घरेलु तथा साना उद्योग, लघु उद्यम जस्ता व्यवसायलाई ग्रामीण समुदायमा आधारित बनाउँदै उक्त उत्पादन बजारमा भन्ने नाराका साथ सम्पूर्ण उत्पादित सामानहरुलाई बजार व्यवस्थापनमा सहजिकरण प्रतिवद्धता जनाएका छन् ।

वितरण कार्यक्रम अभिलम्ब सञ्चालन गरी लालपूर्जा वितरण गर्ने, अव्यवस्थित ढङ्गबाट उपयोग हुँदै आइरहेको जमिनलाई खेतीयोग्य क्षेत्र, आवास क्षेत्र, चरिचरण क्षेत्र, औद्योगिक क्षेत्र पहिचान गरी उपभोगको किसिम तोकी सोहिअनुरुप राजश्व निर्धारण गरी व्यावस्थित गर्ने योजना बनाएको उपाध्यक्षकी उम्मेदवार मिना अधिकारीले बताइन् । नेकपा एमाले देशको समग्र क्षेत्रको महत्वपूर्ण समय र परिस्थितीमा पञ्चायती व्यवस्था, वहदलीय व्यवस्था र गणतन्त्र आएपछिको प्रतिपक्ष हुँदा होस वा सत्तापक्ष हुँदा होस जुन जुन जनमुखी कामहरु भएका छन ती सबै एकल एमालेको विरासत भएको भन्दै अधिकारीले २०५४ सालको स्थानीय निर्वाचन मार्फत छोटो समयमा र २०५१ सालको एमालेको अल्पमतको सरकारले गरेका जनपक्षीय कामहरु जनमानसमा यद्दपी छदैछ त्यसैले आँवुखैरेनी गाँउपालिकाको समग्र विकासको लागि हामीले ११ वटा क्षेत्रलाई आधारमानी काम गर्ने प्रतिवद्धता जनाएको बताइन् ।

यस्तो छ प्रतिबद्धताको पूर्णपाठ

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - २२:३४:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology