कुरिनटार, २७ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित भैसकेको नेकपा एमालेबाट अध्यक्षका प्रत्यासी दान बहादुर गुरुङले बताएका छन्। उनले पाँच दलिय गठबन्धनको उम्मेद्वारहरुमा चुनाव हारिसकेको महशुस भएकोले आफुहरुको जित सुनिश्चित भएको बताएका हुन्।
इच्छाकामनामा मुख्य प्रतिस्पर्धामा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले आफु पराजय हुने निश्चित भएर नै गठबन्धन गरेको उनले जिकिर गरे । गठबन्धनकै कारण आफ्नो जित झन् सुनिश्चित भएको उनले बताए ।
‘वडा नं. १, २ र ३ मा काँग्रेसले हार मानेर माओवादी केन्द्रसँग गठबन्धन गरेको हो भने ४, ५, ६ र ७ मा माओवादी केन्द्रले हार स्वीकारेरै काँग्रेससँग गठबन्धन गरेको हो’ –उनले भने ‘उनीहरुले हार स्वीकार्नु भनेको एमालेको जित सुनिश्चित हुनु हो’ ।
जनताको घरदैलोमा जादा जनताले देखाएको माया देखेर आफु उत्साहित भएको बताउदै कोही कसैले पनि अब एमालेको जितलाई रोक्न नसक्ने उनले बताए ।