Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

गोरखामा नेपाली काँग्रेसका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण, ४ जना घाइते

गोरखामा नेपाली काँग्रेसका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण, ४ जना घाइते

इच्छाकामना न्युज

२७, बैशाख २०७९
गोरखामा नेपाली काँग्रेसका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता माथि आक्रमण, ४ जना घाइते
images

गोरखा, २७ बैशाख । गोरखाको आरुघाट गाउँपालिका–१, मान्वुमा काग्रेस कार्यकर्ताले एमाले कार्यकर्ता माथि सांघातिक आक्रमण गरेका छन् । सोमबार साँझ काग्रेस कार्यकर्ताको आक्रणबाट एमाले कार्यकर्ता बिक्रम लामा, गोपाल लामा, बिक्रम लामा, राजबहादुर लामा घाइते हुनुभएको नेकपा एमाले गोरखाका उपाध्यक्ष कृष्ण नेपालीले जानकारी दिनुभयो ।

images
images

ढोरकमा कोणसभा कार्यक्रम सकेर फर्कदै गरेका एमाले कार्यकर्ता माथि उनिहरुले एक्कासी आक्रमण गरेका थिए । ‘कोणसभा गरेर फर्कदै गर्दा हामीसंग पनि डिसकस भयो, उहाँले भन्नुभयो, स्थिती सामान्य भएपछि हामी फर्कियौ । साथीहरु घर फर्कने क्रममा फिछा गरेर कुटेछन् ।

कुट्ने कर्मा सिंह लामा , कर्म लामा, सन्तोष लामा,  निश्चल लामा लगायतको समुहले पिछा गरेर कुटेको पिडितले बताएका छन् । घाइतेहरुको आरुघाट अस्पतालमा उपचार भइरहेको छ । घाइतेको आँखा टाउकोमा चोट लागेको छ ।  कांङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उमेद्वार सानु भनिने गजे घलेको नेतृत्वको टोलीले आक्रमण उनिहरु माथि आक्रमण गरेका हुन् ।    घले अपराधिक क्रियाकलापमा जोडिएका पात्र हुन् ।

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - ०७:५२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology