चुम्लिङटार, २६ वैशाख । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा अहिले चुनावी प्रचार प्रसार र प्रतिबद्धताहरु घोषणा हुने क्रम जारी छ। जस अन्तर्गत इच्छाकामना गाउँपालिका वडा ३ का अध्यक्ष उम्मेद्वार शरद पोखरेलले पनि आफुले जिते वडाबासीलाई कुनैपनी बिरामी भएर उपचार गराउन गार्हो नपर्ने गरि सबैको निःशुल्क स्वास्थ बिमा गराउने घोषणा गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओबादी (केन्द्र) र एकीकृत समाजबादी सम्मीलित लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्बार पोखरेलले आफुले जिते मतदान गर्नेले पछुताउन नपर्ने गरि सेवा प्रवाह गराउनुका साथै पहिलो चरणमै सबै वडाबासिको निःशुल्क स्वास्थ बिमा गराउने घोषणा गरेका हुन्। उनले भने ‘म अध्यक्षमा निर्वाचित भए मेरो पारिश्रमिक र नपुगेको पैसा नियम अनुसार वडाबाट नै विनियोजन गरेर भए पनि सबै वडाबासिको स्वास्थ बिमा गराउछु।’
साथै उनले आफू सिभिल इन्जिनियर र समाजशास्त्रमा मास्टर गर्दै गरेको विद्यार्थी भएको नाताले पनि आफुसंग वडाको भौतिक तथा सामाजिक र समग्र बिकासको खाका रहेकोले एकपटक आफुलाइ जिताउन सम्पुर्ण वडा बासीलाई अनुरोध गरेका छन्।