Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको गण्डकी गाउँपालिकामा माओवादी र जसपाबिच अन्तिम समयमा तालमेल

गोरखाको गण्डकी गाउँपालिकामा माओवादी र जसपाबिच अन्तिम समयमा तालमेल

images

इच्छाकामना न्युज

१६, बैशाख २०७९
गोरखाको गण्डकी गाउँपालिकामा माओवादी र जसपाबिच अन्तिम समयमा तालमेल
images

गोरखा, १६ बैशाख । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी तालमेल भएको छ । दुई दलबीच पालिका केन्द्रको अध्यक्ष र उपाध्यक्षमा तालमेल भएको हो । पालिका अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना (साकार) र उपाध्यक्षमा जसपाबाट भीमप्रसाद श्रेष्ठ चुनावमा होमिने सहमति बनेको हो ।

पालिका केन्द्रमा मिलेर जाने दुई दलबीच आन्तरिक लिखित सहमति भइसकेको छ । सहमतिअनुसार उम्मेदवारी दर्ता गराएका माओवादी र जसपाका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
माओवादीबाट उपाध्यक्षका उम्मेदवार पार्वती गुरुङ र जसपाका अध्यक्षका सुनमाया आलेले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

गण्डकी गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष जसपालाई दिनेगरी सहमति भएको माओवादी केन्द्र गण्डकी गाउँपलिकाका अध्यक्ष सीताराम रसाइलीले जानकारी दिए ।

 

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - २०:३५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology