कुरिनटार, १६ वैशाख । आसन्न स्थानीय तह निर्वाचनको लागि इच्छाकामना गाउँपालिकाका विभिन्न पदमा उम्मेद्वारी दर्ता गरेका ५ जना उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। उम्मेद्वारी फिर्ता गर्न चाहनेहरुले फिर्ता गर्न पाउने अन्तिम दिन आज उनीहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।
उम्मेद्वारी फिर्ता लिनेहरुमा नेपाली काँग्रेसका उम्मेद्वार अध्यक्षका विरुद्ध वागी दिएका बिमला श्रेष्ठ, गठबन्धनका उम्मेद्वार विरुद्ध वडा नं. ३ का वडाध्यक्षमा वागी दिएका गगन बहादुर गुरुङ, गठबन्धनका उम्मेद्वार विरुद्ध वडा नं. ५ का वडाध्यक्षमा वागी दिएका विष्णुकुमार कुँवरका साथै गठबन्धनकै उम्मेद्वारहरु विरुद्ध वडा नं. ५ का सदस्यमा वागी दिएका सावित्री पुडाशैनी र वडा नं. ७ का सदस्यमा वागी दिएका रेशम तामाङले समयसीमा भित्र उम्मेद्वारी फिर्ता लिएको छ।
उनीहरु सबैले स्वतन्त्रबाट दिएको उम्मेद्वारी फिर्ता लिएको इच्छाकामना गाउँपालिकाका निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिए।
यद्यपी गठबन्धनका उम्मेद्वार विरुद्ध स्वतन्त्र रुपमा वागी उम्मेद्वारी दिएका अध्यक्ष उम्मेद्वार बिक्रम श्रेष्ठ र वडा नं. ५ का वडाध्यक्ष उम्मेद्वार जित बहादुर थापा लगायत केही सदस्यहरुले भने उम्मेद्वारी फिर्ता लिएनन्।