Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

इच्छाकामना ४ नं. वडाको विकास र समृद्धिका लागि मेरो उम्मेद्वारी हो : होम बहादुर सिलवाल ‘जीवन’

इच्छाकामना ४ नं. वडाको विकास र समृद्धिका लागि मेरो उम्मेद्वारी हो : होम बहादुर सिलवाल ‘जीवन’

images

इच्छाकामना न्युज

१४, बैशाख २०७९
इच्छाकामना ४ नं. वडाको विकास र समृद्धिका लागि मेरो उम्मेद्वारी हो : होम बहादुर सिलवाल ‘जीवन’
images

कुुरिनटार, १४ बैशाख । सत्ता गठबन्धनबाट चितवनको इच्छाकामना ४ को  वडाध्यक्षको उम्मेद्वार बनेका युवा नेता होम बहादुर सिलवाल ‘जीवन’ले वडाको समृद्धि र विकासका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ । समग्र वडाको आर्थिक समृद्धिका लागि आर्थिक सामाजिक विकासका लागि उम्मेद्वारी दिएको बताउनुभएको हो ।

सिलवालले सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न युवा परिचालन अपरिहार्य रहेको बताउँदै आफुलाई युवाहरुको पूर्ण साथ रहेको बताउनुभयो ।

वडामा युवाहरुलाई व्यवसायी बनाउदैँ रोजगारको सिर्जना गर्ने  र विकासका कार्यहरुमा पनि युवाहरुलाई स्थान दिने बताउनुभयो ।
आफु वडा नम्बर ४ को विकासका लागि निरन्तर लागिरहेकोले अन्य पार्टीका मतदाताले पनि आफुलाई मत दिने विश्वास गर्नुभयो ।
तरुण दल इच्छाकामनाका अध्यक्ष समेत रहनुभएका सिलवाल युवा मात्र नभई बृद्धबृद्धाहरु माझ समेत लोकप्रिय युवा नेता हुनुहू्ुन्छ ।

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - ०९:२५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology