कुरिनटार, १३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनको लागि चितवनको इच्छाकामना गाउँपालिकामा सत्ता घटक ३ दलले भने गठबन्धन गरेको छ। जसमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन गरेको हो।
सोही अनुरुप गठबन्धनले अध्यक्षमा नेपाली कांग्रेसबाट गीताकुमारी गुरूङलाई र उपाध्यक्षमा माओवदी केन्द्रबाट प्रताप गुरुङलाई साझा उम्मेद्वार बनाएका छन्।
यसैगरी वडा नं. १ को वडाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सन्तबहादुर मगर, सदस्यमा नेपाली कांग्रेसका धनराज चेपाङ, नेकपा माओवादी केन्द्रबाट राजु चेपाङ र गोपाल चेपाङल, महिला सदस्यमा नेपाली कांग्रेसकी हीराकुमारी चेपाङले उमेदवारी दिएकी छन्। यहाँ भने दलित महिला सदस्यमा गठबन्धनले उम्मेद्वार पाएन।
वडा नं. २ मा गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश बुढाथोकी, सदस्यमा नेपाली कांग्रेसका उत्तरकुमार गुरूङ, नेकपा माओवादी केन्द्रका मेघनाथ चेपाङ र नेकपा एकीकृत समाजवादीका सुकबहादुर गुरूङ, महिला सदस्यमा नेपाली कांग्रेसकी पानमाया घर्ती, दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी ओमकुमार विश्वकर्माको उमेदवारी परेको छ।
वडा नं. ३ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शरद पोखरेल, सदस्यमा नेपाली कांग्रेसका हीराबहादुर चेपाङ, नेकपा माओवादी केन्द्रका डिलबहादुर प्रजा र नेकपा एकीकृत समाजवादीका शेरबहादुर प्रजा, महिला सदस्यमा नेपाली कांग्रेसकी सरिता गुरूङ, दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी मनकुमारी सुनारको उमेदवारी परेको छ।
वडा नं. ४ मा गठबन्धनबाट नेपाली कांग्रेसका होमबहादुर सिलवाल ‘जीवन’, सदस्यमा नेपाली कांग्रेसका जीनबहादुर रानामगर, नेकपा एकीकृत समाजवादीको तर्फबाट रामचन्द्र सिलवाल, महिला सदस्यमा नेकपा माओवादी केन्द्रकी दुर्गामाया मगर, दलित महिला सदस्यमा नेपाली कांग्रेसकी सीता सुनारको उमेदवारी परेको छ।
वडा नं. ५ मा गठबन्धनबाट नेपाली कांग्रेसका मोदराज सिलवाल, सदस्यमा नेपाली कांग्रेसबाट सावित्री पुडासैनी र थमबहादुर गुरूङ, नेकपा माओवादी केन्द्रका राजेन्द्र बोहोरा र नेकपा एकीकृत समाजवादीका पुष्प चेपाङ, महिला सदस्यमा नेपाली कांग्रेसकी श्रृजना बसौला दलित महिला सदस्यमा नेपाली कांग्रेसकी मनकुमारी कामी उम्मेद्वारी परेको छ।
वडा नं. ६ मा गठबन्धनबाट नेपाली कांग्रेसका विराज गुरूङ, सदस्यमा नेपाली कांग्रेसका रेशमबहादुर गुरूङ, नेकपा माओवाकी केन्द्रका यामबहादुर गुरूङ, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी विमला घिमिरे, दलित महिला सदस्यमा नेपाली कांग्रेसकी मनमाया सुनार कामी उम्मेद्वारी परेको छ।
वडा नं. ७ मा गठबन्धनबाट नेपाली कांग्रेसका बमबहादुर थापामगर, सदस्यमा नेपाली कांग्रेसबाट गनिराज प्रजा र टेकबहादुर गुरूङ, नेकपा माओवादी केन्द्रबाट तिलकबहादुर मगर र रेशम तामाङ, महिला सदस्यमा नेपाली कांग्रेसबाट फूलमति गुरूङ, नेकपा एकीकृत समाजवादीकी जेनिशा प्रजा, दलित महिला सदस्यमा नेपाली कांग्रेसकी सुकमाया सुनार उम्मेद्वारी परेको छ।