कुरिनटार, १३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनको लागि चितवनको इच्छाकामना गाउँपालिकामा नेकपा एमालेले सबै पदमा उम्मेद्वारी दिएको छ। नेकपा एमालेले अध्यक्षमा दानबहादुर गुरूङ र उपाध्यक्षमा माया सिलवाललाई उम्मेद्वार बनाएको छ।
यसैगरी वडा नं. १ को वडाध्यक्षमा नन्दलाल गिरी, सदस्यमा विक्रम चेपाङ र प्रेमबहादुर प्रजा, महिलामा सदस्य अञ्जु चेपाङ, दलित महिला सदस्यमा दुर्गा सार्की प्रजा उम्मेद्वार छन् भने वडा नं. २ को वडाध्यक्षमा पंच बहादुर चेपाङ, सदस्यमा एकबहादुर गुरूङ र बुद्धिमान गुरूङ, महिलामा सदस्य खड्कुमारी थापा, दलित महिला सदस्यमा फूलमाया विश्वकर्मा उम्मेद्वार छन्।
वडा नं. ३ को वडाध्यक्षमा नर बहादुर नेपाल, सदस्यमा नारायणप्रसाद अधिकारी र मीनबहादुर श्रेष्ठ, महिलामा सदस्य तीर्थकुमारी गुरूङ, दलित महिला सदस्यमा रविना रसाइली उम्मेद्वार छन् भने वडा नं. ४ को वडाध्यक्षमा रुद्र प्रसाद उप्रेती, सदस्यमा बुद्धिबल रानामगर र जीतबहादुर मगर, महिला सदस्यमा मनकुमारी गुरूङ, दलित महिला सदस्यमा सुकमाया दमाई उम्मेद्वार छन्।
वडा नं. ५ को वडाध्यक्षमा तेज बहादुर शेरचन, सदस्यमा आकाश चेपाङ र ताराबहादुर गुरूङ, महिला सदस्यमा टेकमाया गुरूङ, दलित महिला सदस्यमा फूलमाया विश्वकर्मा उम्मेद्वार छन् भने वडा नं. ६ को वडाध्यक्षमा लक्ष्मण चेपाङ, सदस्यमा रामबहादुर घर्ती र जंगबहादुर गुरूङ, महिला सदस्यमा पार्वती गुरूङ, दलित महिला सदस्यमा परिमाया कामी उम्मेद्वार छन्।
यसैगरी वडा नं. ७ को वडाध्यक्षमा बोधराज गोले, सदस्यमा मनिराज गुरूङ र लोकबहादुर गुरूङ, महिलामा सदस्य कृष्णकुमारी चेपाङ र दलित महिला सदस्यमा कमला विक उम्मेद्वार छन्।