कुरिनटार, १३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा चितवनको इच्छाकामना गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबभन्दा कान्छो उम्मेद्वार उठाएको पाईएको छ। निर्वाचन अधिकृतको कार्यालय इच्छाकामनाले उपलब्ध गराएको मनोनयन दर्ता अनुसार सबभन्दा कान्छो उम्मेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वडा सदस्यको उम्मेद्वार बनेका राम गुरुङ बनेका छन्।
गुरुङले राप्रपाबाट वडा नं. ६ को खुल्ला वडा सदस्यमा उम्मेद्वारी दिएका छन्। गुरुङ मात्र नभै राप्रपाले उठाएका अधिकांश उम्मेद्वार ४० वर्ष पनि नकटेका युवाहरु छन्।
यस्तै नेपाली काँग्रेसले पनि २३ वर्षीया युवा सरिता गुरुङलाई वडासदस्यमा उम्मेद्वार बनाएको छ भने नेकपा एमालेले उम्मेद्वार बनाएको वडा नं. १ का दलित महिला वडासदस्य दुर्गा सार्की प्रजा निर्विरोध निर्वाचित समेत भैसकेकी छिन्।