कुरिनटार, १३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनको लागि चितवनको इच्छाकामना गाउँपालिकाको सबै पदमा विभिन्न राजनैतिक दल र स्वतन्त्र गरी ९९ जनाको उम्मेद्वारी परेको छ। निर्वाचन अधिकृतको कार्यालय इच्छाकामनाले दिएको जानकारी अनुसार ६ वटा राजनैतिक दल र स्वतन्त्रबाट गरी ९९ जनाको उम्मेद्वारी परेको हो।
गाउँपालिका अध्यक्षमा पाँच जना
गाउँपालिकाको अध्यक्ष पदमा यसअघिका अध्यक्ष एवम् नेपाली कांग्रेसकी नेतृ गीताकुमारी गुरूङसहित पाँच जनाले उमेदवारी दर्ता गराएका छन्। उनी पाँच दलीय गठबन्धनबाट साझा उमेदवार बनेकी हुन्। गुरूङबाहेक नेकपा एमालेको तर्फबाट दानबहादुर गुरूङ र नेपाल मजदुर किसान पार्टीबाट पदम थापामगरले अध्यक्ष पदमा उमेदवारी दिएका छन्। विक्रम श्रेष्ठ र विमला श्रेष्ठले भने स्वतन्त्रतर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन्।
गाउँपालिका उपाध्यक्ष
इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष पदमा भने जम्मा दुई जनाको मात्रै उमेदवारी परेको छ। पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रताप गुरूङ र नेकपा एमालेबाट माया सिलवालको उमेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।
वडा अध्यक्ष
वडाअध्यक्षहरूमा भने २३ जनाको उमेदवारी परेको छ। वडा नं. १ र २ मा दुई÷दुई जना, वडा नं. ३ मा चार जना, वडा नं. ४ मा तीन जना, वडा नं. ५ मा पाँच जना, वडा नं. ६ र ७ मा तीन/तीन जनाको उमेदवारी परेको छ।
वडा नं. १ मा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका सन्तबहादुर मगर र नेकपा एमालेबाट नन्दलाल गिरीले उमेदवारी दर्ता गराएका छन्।
वडा नं. २ मा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका प्रकाश बुढाथोकी र नेकपा एमालेबाट पञ्चबहादुर प्रजाको उमेदवारी परेको छ।
वडा नं. ३ मा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका शरद पोखरेल, नेकपा एमालेका नरबहादुर नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (रापपा)का जीतबहादुर गुरूङ र स्वतन्त्रतर्फबाट गगनबहादुर गुरूङले उमेदवारी दिएका हुन्।
वडा नं. ४ मा भने पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका होमबहादुर सिलवाल, नेकपा एमालेबाट रूद्रप्रसाद उप्रेती र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट शिवकुमार मगरले उमेदवारी दिएका छन्।
वडा नं. ५ मा मा भने पाँचै जनाको उमेदवारी परेको छ। पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका मोदराज सिलवाल, नेकपा एमालेको तर्फबाट तेजबहादुर शेरचन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सोनाम हुसैन र स्वतन्त्रतर्फबाट विष्णुकुमार कुँवर र जीतबहादुर थापामगरले उमेदवारी दर्ता गराएका छन्।
वडा नं. ६ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका विराज गुरूङ, नेकपा एमालेको तर्फबाट लक्ष्मण प्रजा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुरेश कँडेलले उमेदवारी दिएका छन्।
वडा नं. ७ मा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका बमबहादुर थापामगर, नेकपा एमालेको तर्फबाट बोधबहादुर गोले र नेपाल मजदुर किसान पार्टीबाट टिकाबहादर मगरले उमेदवारी दिएका छन्।
वडा सदस्य
वडा नं. १ मा सदस्यतर्फ नेपाली कांग्रेसका धनराज चेपाङ, नेकपा एमालेका विक्रम चेपाङ र प्रेमबहादुर प्रजा, नेकपा माओवादी केन्द्रबाट राजु चेपाङ र गोपाल चेपाङले उमेदवारी दिएका छन्। वडा नं. १ को महिला सदस्यमा भने नेपाली कांग्रेसकी
हीराकुमारी चेपाङ, नेकपा एमालेकी अञ्जु चेपाङ र नेकपा माओवादी केन्द्रकी सन्तकुमारी चेपाङले उमेदवारी दिएकी छन्। यस्तै दलित महिला सदस्यमा भने नेकपा एमालेकी दुर्गा सार्की प्रजाको मात्रै उमेदवारी परेको छ।
वडा नं. २ को सदस्यमा नेपाली कांग्रेसका उत्तरकुमार गुरूङ, नेकपा एमालेका एकबहादुर गुरूङ र बुद्धिमान गुरूङ, नेकपा माओवादी केन्द्रका मेघनाथ चेपाङ र नेकपा एकीकृत समाजवादीका सुकबहादुर गुरूङको उमेदवारी परेको छ।
महिला सदस्यमा भने नेपाली कांग्रेसकी पानमाया घर्ती र नेकपा एमालेकी खड्कुमारी थापाको मात्रै उमेदवारी परेको छ।
दलित महिला सदस्यमा पछि नेकपा माओवादी केन्द्रकी ओमकुमार विश्वकर्मा र नेकपा एमालेकी फूलमाया विश्वकर्माको मात्रै उमेदवारी परेको छ।
वडा नं. ३ को सदस्यमा नेपाली कांग्रेसका हीराबहादुर चेपाङ, नेकपा मालेका नारायणप्रसाद अधिकारी र मीनबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका डिलबहादुर प्रजा र नेकपा एकीकृत समाजवादीका शेरबहादुर प्रजाको उमेदवारी परेको छ।
महिला सदस्यमा भने नेपाली कांग्रेसकी सरिता गुरूङ र नेकपा एमालेकी तीर्थकुमारी गुरूङको मात्रै उमेदवारी परेको छ।
दलित महिला सदस्यमा पनि नेकपा एमालेकी रविना रसाइली र नेकपा माओवादी केन्द्रकी मनकुमारी सुनारको मात्रै उमेदवारी परेको छ।
वडा नं.४ को सदस्यमा नेपाली कांग्रेसका जीनबहादुर रानामगर, नेकपा एमालेका बुद्धिबल रानामगर र जीतबहादुर मगरको उमेदवारी परेको छ भने नेकपा एकीकृत समाजवादीको तर्फबाट रामचन्द्र सिलवालको उमेदवारी परेको छ।
महिला सदस्यमा भने नेकपा एमालेकी मनकुमारी गुरूङ र नेकपा माओवादी केन्द्रकी दुर्गामाया मगरको मात्रै उमेदवारी परेको छ। दलित महिला सदस्यमा पनि एमालेकी सुकमाया दमाई र कांग्रेसकी सीता सुनारको मात्रै उमेदवारी परेको छ।
वडा नं. ५ को सदस्यमा नेपाली कांग्रेसबाट सावित्री पुडासैनी र थमबहादुर गुरूङ, नेकपा एमालेबाट आकाश चेपाङ र ताराबहादुर गुरूङ, नेकपा माओवादी केन्द्रका राजेन्द्र बोहोरा र नेकपा एकीकृत समाजवादीका पुष्प चेपाङको उमेदवारी परेको छ।
महिला सदस्यमा नेपाली कांग्रेसकी श्रृजना बसौला, नेकपा एमालेका टेकमाया गुरूङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की गुलवसा खातुनको उमेदवारी परेको छ।
दलित महिला सदस्यमा नेपाली कांग्रेसकी मनकुमारी कामी, नेकपा एमालेकी फूलमाया विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सपना परियारको उमेदवारी परेको छ।
वडा नं.६ को सदस्यमा नेपाली कांग्रेसका रेशमबहादुर गुरूङ, नेकपा एमालेका रामबहादुर घर्ती र जंगबहादुर गुरूङ, नेकपा माओवाकी केन्द्रका यामबहादुर गुरूङ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राम गुरूङको उमेदवारी परेको छ।
महिला सदस्यमा भने नेकपा एमालेकी पार्वती गुरूङ, नेकपा एकीकृत समाजवादीकी विमला घिमिरे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की पूर्णमाया गुरूङको उमेदवारी परेको छ।
दलित महिला सदस्यमा भने नेपाली कांग्रेसकी मनमाया सुनार कामी र नेकपा एमालेकी परिमाया कामीको मात्रै उमेदवारी परेको छ।
वडा सदस्यहरूमा सबैभन्दा धेरै वडा नं.७ मा उमेदवारी परेको छ, जसमा नेपाली कांग्रेसबाट गनिराज प्रजा र टेकबहादुर गुरूङ, नेकपा एमालेबाट मनिराज गुरूङ र लोकबहादुर गुरूङ, नेकपा माओवादी केन्द्रबाट तिलकबहादुर मगर र रेशम तामाङको उमेदवारी परेको छ भने नेपाल मजदुर किसान पार्टीबाट सुशीला थापामगरको उमेदवारी परेको छ।
महिला सदस्यमा नेपाली कांग्रेसबाट फूलमति गुरूङ, नेकपा एमालेबाट कृष्णकुमारी चेपाङ, नेकपा एकीकृत समाजवादीकी जेनिशा प्रजा र नेपाल मजदुर किसान पार्टीकी सानुमाया मगरको उमेदवारी परेको छ।
दलित महिला सदस्यमा भने नेपाली कांग्रेसकी सुकमाया सुनार र नेकपा एमालेकी कमला विकको मात्रै उमेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।