विवि श्रेष्ठ, तनहुँ, १३ वैशाख । प्रेस चौतारी नेपाल, तनहुँ शाखाले स्थानिय निर्वाचन केन्द्रित मिडिया डेस्क स्थापना गरेको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाको अध्यक्ष राजकुमार श्रेष्ठ विवि को अध्यक्षतामा वसेको वैठकले निर्वाचन केन्द्रित सुचना संकलन तथा प्रसारणका लागी मिडिया डेस्क स्थापना गरेको हो ।
देश नै स्थानिय निकायको चुनावमा होमिएको सन्र्दभमा जनतालाई सुसुचित वनाउनका लागी मिडिया डेस्क स्थापना गरिएको शाखा अध्यक्ष विवि श्रेष्ठले जानकारी दिनुभयो । नेकपा एमाले केन्द्रिय सल्लाहकार सदस्य एकवहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वैठकमा नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल, उप सचिव एवं प्रचार विभाग प्रमुख प्रदिपराज अधिकारीले निर्वाचनमा जनतालाई स्वतन्त्र र निष्पक्ष भएर समाचार संकलन तथा प्रसारण गर्न आग्रह गर्नुभएको थियो । पत्रकार राज्यको चौथो अंग भएको हुनाले यसको ठुलो महत्व भएको हुँदा यसमा जिम्मेवारीता सहितको पत्रकारिता आवश्यक भएको अतिथीहरुले वताएका थिए ।
वैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य प्रकाशचन्द्र भट्टराई, अनुशासन आयोगका सदस्य नारायण खड्का, गण्डकी प्रदेश कमिटीका सदस्य राजन उपाध्याय, मदन तिमल्सेना लगायत अतिथीहरुको उपस्थिती रहेको थियो ।

यसैगरि वैठकले विभिन्न तनहुँ जिल्लामा भएको पत्रकारहरुलाई जिम्मेवारी समेत तोकेको छ । व्यास नगरपालिकामा कृष्ण न्यौपाने, प्रकाशचन्द्र भट्टराई, सम्झना रसाईली, शुक्लागण्डकीमा राजन उपाध्याय, राजकुमार श्रेष्ठ विवि, किरण श्रेष्ठ, भिमाद नगरपालिकामा प्रेम प्रसाद पौडेल, धुव्रराज सुवेदी र किरण श्रेष्ठ, भानु नगरपालिकामा नारायण खड्का, किरण श्रेष्ठ र शर्मिला विक, म्याग्दे गाँउपालिकामा राजकुमार श्रेष्ठ विवि, सविन लामिछाने र मदन तिमल्सेना, घिरिङ गाँउपालिकामा अन्जन परियार, ऋषिकान्त दुवाडी र धुव्रराज सुवेदी, रिषिङ गाँउपालिकामा ऋषिकान्त दुवाडी, अन्जन परियार र सविन लामिछाने तोकिएका छन् ।
यसैगरि देवघाट गाउँपालिकमा चित्र बहादुर गुरुङ, करिश्मा गुरुङ र प्रकाशचन्द्र भट्टराई, वन्दिपुर गाँउपालिकामा सागर गिरी, कृष्ण न्यौपाने र सुनिता आचार्य र आँबुखैरेनी गाँउपालिकामा चित्र बहादुर गुरुङ, सागर गिरी र नारायण खड्का तोकिएका छन् । तोकिएका पत्रकारले निर्वाचन केन्द्रित गतिविधिीलाई समाचार संकलन तथा प्रशारण गरि जनतालाई सुसिुचित गर्नेछन् ।
यसैगरि वैठकले प्रेस चौतारी नेपाल तनहुँको शाखा कोषाध्यक्षमा सविन लामिछाने र सदस्यहरुमा आश्विन किशोर श्रेष्ठ र सुदिप पौडेललाई समेत कार्यसमितीमा मनोनित गरेको छ ।
