कुरिनटार, १३ वैशाख । चितवनको इच्छाकामना गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ८ जनाको उम्मेद्वारी दर्ता ८ जनाको उम्मेद्वारी दर्ता भएको छ। स्थानीय तह निर्वाचन अन्तर्गत इच्छाकामनामा पहिलो पटक सहभागीता जनाएको राप्रपाले ८ जनालाई उम्मेद्वार बनाएको हो।
जसमा वडा नं. ३ को वडाध्यक्षमा जीत बहादुर गुरूङ्ग, ४ को वडाध्यक्षमा शिव कुमार मगर, ५ को वडाध्यक्षमा सोनाम हुसैन, ६ को वडाध्यक्षमा सुरेश कडेलले उम्मेद्वारी दर्ता गरेको छ।
यस्तै वडा नं. ५ को वडा सदस्य महिलामा गुलबसा खातुन, वडा सदस्य दलित महिलामा सपना परियार, ६ वडा सदस्य खुल्लामा राम गुरुङ, वडा सदस्य महिलामा पुर्ण माया गुरुङ्गलाई उम्मेद्वार बनाएको छ।