Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इलामको सन्दकपुर गाउँपालिकामा एमालेका उम्मेद्वार विरुद्ध एमालेकै जिल्ला सचिव बागी उम्मेदवार

इलामको सन्दकपुर गाउँपालिकामा एमालेका उम्मेद्वार विरुद्ध एमालेकै जिल्ला सचिव बागी उम्मेदवार

इच्छाकामना न्युज

१२, बैशाख २०७९
इलामको सन्दकपुर गाउँपालिकामा एमालेका उम्मेद्वार विरुद्ध एमालेकै जिल्ला सचिव बागी उम्मेदवार
images

इलाम, १२ वैशाख । नेकपा एमाले इलामका सचिव उमेश गुरुङ्गले इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिएका छन् । एमालेको टिकट वितरणमा असन्तुष्ट गुरुङले बागी उम्मेद्वारी दर्ता गराएका हुन् । सन्दकपुर गाउँपालिकामा एमाले उदय राईलाई टिकट दिएको छ ।

images
images

राईले सोमबार मनोनयन दर्ता गराएका छन् । गाउँपालिकाको निर्वातमान अध्यक्ष समेत रहेका राई नेकपा एमालेका उपाध्यक्ष हुन्, पार्टीले उपाध्यक्षलाई टिकट दिएपछि सचिव गुरुङले बागी उम्मेदवारी दर्ता गराएका हुन् । गुरुङले सोमबारनै जिल्ला कमिटिको सचिवबाट राजीनामा दिएका छन् । गुरुङले एमालेको जिल्ला अधिवेशनमा प्रकाश अधिकारीलाई पराजित गर्दै सचिव निर्वाचित भएका थिए ।

सन्दकपुर गाउँपालिकामा वडाअध्यक्षमा समेत बागी परेको छ । योगेन्द्र राउतले बागी उम्मेदवार दर्ता गराएका छन् । त्यहाँ एमालेले निरोज राउतलाई वडाअध्यक्षको टिकट दिएको थियो । इलाम नगरपालिका ९ का शेरबहादुर खड्काले बागी दिएका छन् । त्यहाँ ललित चौहान एमाले आधिकारिक उम्मेदवार हुन् ।

 

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - २१:४९:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology