Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गठबन्धनको उम्मेद्वार विरुद्ध इच्छाकामना ५ मा विष्णु कुँवरले दिए बागी उम्मेद्वारी

गठबन्धनको उम्मेद्वार विरुद्ध इच्छाकामना ५ मा विष्णु कुँवरले दिए बागी उम्मेद्वारी

images

इच्छाकामना न्युज

१२, बैशाख २०७९
गठबन्धनको उम्मेद्वार विरुद्ध इच्छाकामना ५ मा विष्णु कुँवरले दिए बागी उम्मेद्वारी
images

कुरिनटार, १२ वैशाख । चितवनको इच्छाकामना गाउँपालिका ५ को वडाध्यक्षमा सत्ता गठबन्धनको उम्मेद्वार विरुद्ध उम्मेद्वारी परेको छ। नेपाली काँग्रेसका नेता विष्णुकुमार कुँवरले गठबन्धनबाट उम्मेद्वार रहेका नेपाली काँग्रेसका उम्मेद्वार मोदराज सिलवाल विरुद्ध उम्मेद्वारी दिएको हो।

पार्टीले टिकट दिदा सामाजिक रुपमा स्खलित विवादित व्यक्तिलाई टिकट दिएकाले सो का विरुद्ध बागी उम्मेद्वारी दिएको उनले बताए।

सत्ता गठबन्धन विरुद्ध वागी उम्मेद्वारी दिने कुँवर नेपाली काँग्रेसका पूर्व मनोनित जिल्ला सदस्य एवं हालको पार्टी गाउँ कार्यसमिति सदस्य समेत हुन्।

यस्तै गठबन्धनबाट टिकट पाएका मोदराज सिलवाल गएको स्थानीय तह निर्वाचनमा नेपाल काँग्रेसबाट उम्मेद्वार भै इच्छाकामना ५ को वडाध्यक्ष निर्वाचित भएका थिए। भने उनको कार्यकालमा गलत सिफारिस गरि एउटाको नामको जग्गा अर्कैको नाममा पास गराउन मतियार बनेको विवादमा फसेका थिए। सो कुरामा मुद्दा परेर अहिले पनि विचाराधिन अवस्थामा छ। 

यद्यपी गठबन्धन अन्तर्गत नेपाली काँग्रेसको भागमा परेको उक्त वडाबाट उनैले वडाध्यक्ष टिकट पाएका थिए।

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - २०:१७:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology