Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतपुरको उपमेयरमा हिमला गुरुङले उम्मेद्वारी दिए

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतपुरको उपमेयरमा हिमला गुरुङले उम्मेद्वारी दिए

इच्छाकामना न्युज

१२, बैशाख २०७९
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतपुरको उपमेयरमा हिमला गुरुङले उम्मेद्वारी दिए
images

चितवन, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भरतपुरको उपमेयरमा शारदानगरकी हिमला गुरुङले मनोनयन दर्ता गरेकी छन् ।

images
images

राप्रपा नेता तथा कार्यकर्ताको ¥यालीसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेकी हुन् ।

भरतपुर महानगरपालिका–१९ शारदानगरकी गुरुङ राप्रपाको जिल्ला महिला उपाध्यक्षको रुपमा कार्यरत छन् । एमालेसँगको चुनावी तालमेलका आधारमा भरतपुरको उपमेयरमा  गुरुङ, माडीको उपमेयरमा मदनप्रसाद ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले ६ पालिकामा ६४ वडामा उम्मेदवारी दर्ता गराएको छ । भरतपुरको १५ र २६ मा एमालेसँगको तालमेलका आधारमा वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएको छ । यस्तै ४, ११, १६, २४ मा मित्रवत प्रतिस्पर्धा गर्ने गरी वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएको छ ।

त्यसैगरी रत्ननगरमा मेयरमा हरिशरण भट्टराई, उपमेयरमा विमला थापा महतो, कालिकाको मेयरमा सोमबहादुर खड्का, उपमेयरमा बुद्धिलक्ष्मी स्याङतान, खैरहनीमा मेयरमा सागर पाण्डे, उपमेयरमा यमुना खड्का डल्लकोटी, राप्ती मेयरमा मनोज अधिकारी, उपमेयरमा मिरा बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् ।

माडीमा ५ वडा, रत्ननगरमा १६, कालिकामा ११, खैरहनीमा १३, राप्तीमा १३ वडा इच्छाकामनामा ४ वटा वडामै वडाध्यक्षसहित सदस्य पदहरुमा उम्मेदवारी दर्ता गराइएको जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिए ।

 

images
प्रकाशित मिति :बैशाख १२, २०७९ सोमवार - १९:१८:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology