Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा एमालेसँग राप्रपाले तालमेल नगर्ने, मेयरमा दीपक थापा उम्मेद्वार बन्ने

चितवनमा एमालेसँग राप्रपाले तालमेल नगर्ने, मेयरमा दीपक थापा उम्मेद्वार बन्ने

इच्छाकामना न्युज

११, बैशाख २०७९
चितवनमा एमालेसँग राप्रपाले तालमेल नगर्ने, मेयरमा दीपक थापा उम्मेद्वार बन्ने
images

चितवन, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले भरतपुर महानगर र माडी नगरपालिकामा मेयर र उपमेयर दुबै पदमा उम्मेदवारी दिने भएको छ । राप्रपा चितवनका प्रवक्ता राजु भण्डारीले अन्य पालिकामा जस्तै महानगर र माडीमा पनि एकल चुनावमा जाने बताउनुभयो । उहाँका अनुसार राप्रपा भरतपुर महानगरका अध्यक्ष दिपक थापालाई मेयरको उम्मेदवार बनाइने छ ।

images
images

उपमेयरमा पनि उम्मेदवार उठाउने स्रोेतले जनाएको छ । उपमेयरमा ३ जना आकांक्षी रहेकाले भोलि (सोमबार) एक जना सर्वसम्मत उम्मेदवार छनौट हुने जनाइएको छ । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे २०७० मा दोस्रो संविधानसभामा निर्वाचित हुनुभएको साविक क्षेत्र नम्बर ५ भित्रै माडी र महानगरको केही क्षेत्रहरु पर्छन् । राप्रपाको जनाधार पश्चिम चितवनमा पकड बलियो छ । यसअघि महानगरमा एमालेसँग चुनावी तालमेल गर्ने चर्चा चलेपनि राप्रपा एकल चुनावमा जान लागेको हो ।

यस्तै राप्रपाको बलियो जनाधार रहेको क्षेत्र माडीमा पनि मेयर र उपमेयरमा उम्मेदवारी दिइने छ । मेयरमा मदनप्रसाद पौडेल र उपमेयरमा फूलमाया महतोलाई उम्मेदवार बनाउने तयारी छ । राप्रपाले चितवनका ७ वटै पालिकाको प्रमुख, उपप्रमुख, ९८ वडामै वडाध्यक्ष, सदस्य पदहरुमा समेत उम्मेदवारी दिइने जनाएको छ । राप्रपा र एमालेसँगको चुनावी तालमेलको सम्भावना नहुने देखिएको हो ।

आज (आइतबार) दिनभर राप्रपाका जिल्ला नेताहरु केन्द्रीय नेताहरुसँग समन्वय गर्दै बसेको बैठकले चितवनमा चुनावी तालमेल नगर्ने निष्कर्षमा पुगेको हो ।

यसअघि भरतपुरमा राप्रपा र नेकपा (एमाले)बीच तालमेलको तयारी भइरहेको थियो ।

 

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - २१:५१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology