काठमाण्डौ, २२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनुभएको छ। समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफलका लागि प्रधानमन्त्रीले बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
बैठक भोली बिहान ११ बजे बालुवाटारमा बस्ने छ। प्रधानमन्त्री ओलीले यसअघि भारतले लिपुलेक–कालापानीमा नेपाली भूभाग अतिक्रमण गरी सडक बनाएपछि छलफल गर्न गत जेठमा पनि सर्वदलीय बैठक बोलाउनुभएको थियो।