Logo

बुधवार, कार्तिक १२ गते २०८३

images
२०८३, कार्तिक १२ गते
images

कुकुरलाई डोरीले बाधेर रुखमा झुण्ड्याएर मारेको आरोपमा युवक पक्राउ

कुकुरलाई डोरीले बाधेर रुखमा झुण्ड्याएर मारेको आरोपमा युवक पक्राउ

images

इच्छाकामना न्युज

१०, बैशाख २०७९
कुकुरलाई डोरीले बाधेर रुखमा झुण्ड्याएर मारेको आरोपमा युवक पक्राउ
images

काठमाडौं, १० वैशाख । प्लास्टिकको डोरीले कुकुरको घाँटीमा पासो लगाइ रुखमा झुण्ड्याएर मारेको आरोपमा प्रहरीले २३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१९ वस्ने २३ वर्षीय सुदीप परियार छन् । परियारलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार परियारले पोखराको जोगिमणि मार्गस्थित सार्वजनिक स्थानमा प्लास्टिकको डोरीले कुकुरको घाँटीमा बाँधी (पासो लगाइ) रुखमा झुण्डाएर मारेका थिए।

उनले कुकुर मारेको भिडियो फेसबूक लगायत सामाजिक सञ्जालमा समेत राखेका थिए। परियारले कुकुर मारेको भिडियो फेसबूकमा देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका परियारविरुद्ध पशुपंक्षीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। परियारविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले ९ दिन हिरासतमा राख्ने अनुमति दिएको छ।

 

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - २१:२७:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology