घैरुङ, १० वैशाख । गोरखाको शहिद लखन गाउँपालिकाले राजिनामा दिएका जनप्रतिनिधीहरुलाई विदाई गरेको छ। गाउँपालिकाले आज घैरुङमा एक कार्यक्रमको आयोजना गरि राजिनामा दिएका जनप्रतिनिधीहरुलाई विदाई गरेको हो।
विदाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले मगरले राजिनामा दिएका जनप्रतिनिधिहरुलाई गाउँपालिकाको तर्फबाट आगामी दिनको शुभकामना व्यक्त गर्दै मायाको चिनो सहित विदाई गरिएको थियो।

यसैबिच शहिद लखन गाउँपालिकाका २० जना वहालवाला जनप्रतिनिधिले पदबाट राजिनामा दिएको छ। जसमा अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाध्यक्षहरु अचलबाबु थापा (वडा नं.२), गणेश थापा (वडा नं.३), कृष्णबहादुर प्रजा (वडा नं.४), यम बहादुर राना (वडा नं.५), दिलिप नारायण थापा (वडा नं.६) र काशीनाथ अम्गाई (वडा नं.८) रहेका छन्।
यस्तै कार्यपालिकाका सदस्यद्वय सकुन थापा मगर र कल्पना वयलकोटी, न्यायीक समितिका सदस्यद्वय देवराज खलाल र इश्वर दवाडीका साथै ८ जना वडासदस्यहरुले पनि पदबाट राजिनामा दिएका छन्।