Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राम्रो काम गर्छु भन्ने एमालेलाई बाटो छेक्नका लागि गठबन्धन भएको हो, यसैले चिन्ता नलिनुस्ः एमाले उम्मेद्वार गुरुङ

राम्रो काम गर्छु भन्ने एमालेलाई बाटो छेक्नका लागि गठबन्धन भएको हो, यसैले चिन्ता नलिनुस्ः एमाले उम्मेद्वार गुरुङ

images

इच्छाकामना न्युज

१०, बैशाख २०७९
राम्रो काम गर्छु भन्ने एमालेलाई बाटो छेक्नका लागि गठबन्धन भएको हो, यसैले चिन्ता नलिनुस्ः एमाले उम्मेद्वार गुरुङ
images

कुरिनटार, १० वैशाख । जनताको लागि राम्रो काम गर्छु भन्ने नेकपा एमालेलाई बाटो छेक्नका लागि गठबन्धन भएकोले चिन्ता नलिन नेकपा एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष उम्मेद्वार दान बहादुर गुरुङले बताएका छन्। आफ्नो उम्मेद्वारीको विषयमा सुझाव संकलन गर्न आज कुरिनटारमा गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोन्धन गर्दै उनले यस्तो बताएका हुन्। 

‘हामी जनताका लागि राम्रो काम गर्छौ भनेर आएका हौ यसैले हामीलाई रोक्न छेक्नका लागि गठबन्धन भएको हो’ –उनले भने ‘गठबन्धनको सन्दर्भमा हामीले चिन्ता लिनु पर्दैन जनताले हामीलाई रुचाउनेछन् र भोट हाल्नेछन्’।

विपक्षीले निर्वाचनमा आफु सत्तामा टिकिराख्नका लागि जनतासँग जान डराएर गठबन्धन गरेको भन्दै यस्ता गठबन्धनले कार्यकर्ता र जनता कोही खुशी नभएको उनले बताए। यसैले पनि यसपटकको निर्वाचनमा एमाले र एमालेका उम्मेद्वारलाई अत्याधिक बहुमतका साथ जनताले जिताउने उनले बताए।

उनले ईच्छाकामनाका विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव लिइएको बताए। शासक नभएर सेवक हुने प्रण गरेका गुरुङले शिक्षालाई सिपमा परिवर्तन गरे मात्र समग्र ईच्छाकामनाको विकास हुने वताए ।

प्रेस चौतारी चितवन शाखाको आयोजनामा “ईच्छाकामना विकास र समृद्धिः नागरिक अपेक्षा” विषयक अन्तरक्रिया अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भएको थियो ।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटिका सदस्य नारायण अधिकारी, प्रकाश अधिकारी, चन्द्रमणि सापकोटा, एमाले प्रचार प्रसार विभाग चितवनका प्रमुख रविकिरण पौडेल, एमाले ईच्छाकामना पार्टी कमिटीका अध्यक्ष कृष्णप्रसाद सिलवाल लगायत पत्रकार एवं सरोकारवाला उपस्थित रहेका थिए।

images
प्रकाशित मिति :बैशाख १०, २०७९ शनिवार - १३:५६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology