Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रत्ननगरमा पनि जसपाले एक्लै चुनाव लड्ने, मेयर, उपमेयरसहित सबै उम्मेद्वार छनोट

रत्ननगरमा पनि जसपाले एक्लै चुनाव लड्ने, मेयर, उपमेयरसहित सबै उम्मेद्वार छनोट

images

इच्छाकामना न्युज

९, बैशाख २०७९
रत्ननगरमा पनि जसपाले एक्लै चुनाव लड्ने, मेयर, उपमेयरसहित सबै उम्मेद्वार छनोट
images

चितवन, ९ वैशाख । चितवनको रत्ननगर नगरपालिकामा पाँच दलीय गठबन्धनमध्येको एक जनता समाजवादी पार्टी नेपालले मेयरसहित अन्य पदहरुमा उमेदवार छनोट गरेको छ।  सत्ता गठबन्धन दलहरुबीच पद बाँडबाँडमा अन्याय भएको भन्दै मेयर, उपमेयरसहित वडाध्यक्षका उमेदवार छनोट गरेको हो।

गठबन्धनका सहयात्री बनेका ठूला दलले नगरपालिकामा जसपालाई कुनै पनि पद दिन नमानेपछि असन्तुष्ट व्यक्त गर्दै उमेदवार छनोट गरिएको पार्टीका जिल्ला सचिवालय सदस्य अजय निराला जानकारी दिए। शुक्रबार नगरसमितिले एक विज्ञप्ति जारी गर्दै मेयर, उपमेयर र १६ वटै वडामा वडाध्यक्षको उमेदवारसमेत चयन गरिएको जनाएको छ।

सो पार्टीले रत्ननगरको मेयरमा जनार्दन दुवाडी, उपमेयरमा सिर्जना श्रेष्ठलाई अघि सारेको वडा नं १ को वडाध्यक्षमा विकी महतो, वडा नं २ को वडाध्यक्षमा ललन ठाकुर, वडा नं ३ को वडाध्यक्षमा गोपाल सुवेदी, वडा नं ४ को वडाध्यक्षमा राज भट्ट, वडा नं ५ को वडाध्यक्षमा सुन्दर न्यौपाने, वडा नं ६ को वडाध्यक्षमा अक्कल थिङ, वडा नं ७ को वडाध्यक्षमा विष्णु चौधरी, वडा नं ८ को वडाध्यक्षमा रमेश चौधरीलाई उमेदवारको रुपमा प्रस्तुत गरिएको छ।

त्यसैगरी वडा नं ९ को वडाध्यक्षमा गणेश श्रेष्ठ, वडा नं १० को वडाध्यक्षमा बुद्धिराज ढकाल, वडा नं ११ को वडाध्यक्षमा रामबहादुर ढकाल, वडा नं १२ को वडाध्यक्षमा ईश्वर पौडेल, वडा नं १३ को वडाध्यक्षमा कृष्ण खड्का, वडा नं १४ को वडाध्यक्षमा भगवती तिवारी, वडा नं १५ को वडाध्यक्षमा रोणप्रसाद वस्ती र वडा नं १६ को वडाध्यक्षमा रामप्रसाद रेग्मीलाई उमेदवारको रुपमा अघि सारिएको जिल्ला सचिवालय सदस्य निरालाले जानकारी दिए।

गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्नु पर्नेमा सहयात्री दलहरुले जसपाको शक्तिलाई नजरअन्दाज गर्ने काम गरेका कारण प्रमुखसहित अन्य पदहरुमा उमेदवार प्रस्तुत गरिएको नगर इन्चार्ज जनार्दन दुवाडीले बताए।

IMG_20220422_192307.jpg

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - २२:०७:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology