भुम्लिचोक, ६ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि गण्डकी गाउँपालिका वडा नं. ६ को वडाध्यक्ष उम्मेद्वारमा नेकपा माओवादी केन्द्रबाट तुल बहादुर गुरुङ सर्वसम्मत चयन भएको छ। गुरुङलाई आज बसेको पार्टीको वडा कमिटि बैठकले वडाध्यक्षमा सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो।
पार्टीको बैठकमा गुरुङको बाहेक अरु कसैको पनि दाबेदारी नपरेको पार्टी स्रोतले जानकारी दिएको छ। गण्डकी गापाको भुम्लिचोक माओवादीको बलियो प्रभाब रहेको स्थान हो । यस वडामा गत स्थानीय तह निर्वाचनमा पनि नेकपा माओवादी केन्द्रका उम्मेद्वार जीवन गुरूङ अत्याधिक मतले विजयी बनेको थियो।
लामो समय शिक्षक सेवामा आबद्व रहेका गुरु स्थानीय स्तरमा सामाजिक छबि उच्च भएका व्यक्ति हुन् ।