घ्याल्चोक, ५ वैशाख । गोरखाको गण्डकी गाउँपालिका वडा नंं ७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट चिजकुमार गुरुङले पनि दावी गरेको छ। माओवादी केन्द्रका सहायक संगठन वाइसियल नेपाल गण्डकी गाउँ कमिटीका इन्चार्ज समेत रहेका गुरुङले वडाध्यक्षमा दावी गरेको हो।
पार्टीको वडाकमिटि बैठकमा उनले आसन्न स्थानिय तहको निर्वाचनका लागि वडा नम्बर ७ को वडाध्यक्ष उम्मेद्वारका लागि दावी पेस गरेका हुन् । वडाध्यक्ष दावी गरेका गुरुङ वेपत्ता परिवारका सदस्य समेत हुन् ।