Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको रत्ननगरमा माओवादी केन्द्रका वडाकमिटी इन्चार्ज नै एमालेमा प्रवेश

चितवनको रत्ननगरमा माओवादी केन्द्रका वडाकमिटी इन्चार्ज नै एमालेमा प्रवेश

इच्छाकामना न्युज

२, बैशाख २०७९
चितवनको रत्ननगरमा माओवादी केन्द्रका वडाकमिटी इन्चार्ज नै एमालेमा प्रवेश
images

चितवन, २ बैशाख । चितवनको रत्ननगर नगरपालिकामा माओवादी केन्द्रका वडाकमिटी इन्चार्ज श्याम बहादुर देवकोटा एमालेमा प्रवेश गरेका छन् । रत्ननगर नगरपालिका वडा नं ५ का इन्चार्ज तथा क्षेत्रीय कमिटी सदस्य र नगरकमिटी सचिवालय सदस्य देवकोटा एमालेमा प्रवेश गरेका हुन ।

images
images

भरतपुरमा आयोजित एमालेको जिल्ला कमिटी बैठकमा पूर्व अर्थमन्त्री तथा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले उनलाई टीका र माला लगाएर पार्टी प्रवेश गराएको नगर कमिटी सहसचिव सागर मिश्रले जानकारी दिए । देवकोटा माओवादी केन्द्र रत्ननगरको केही दिन अघि सम्पन्न नगर अधिवेशन अन्तर्गत भएको निर्वाचनमा सहसचिवमा पराजित भएका थिए ।

images
प्रकाशित मिति :बैशाख २, २०७९ शुक्रवार - २१:१६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology