Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनमा एकैदिन ३ हजार भन्दा बढि राप्रपामा प्रवेश, अध्यक्ष लिङ्देनले गरे स्वागत

चितवनमा एकैदिन ३ हजार भन्दा बढि राप्रपामा प्रवेश, अध्यक्ष लिङ्देनले गरे स्वागत

इच्छाकामना न्युज

२, बैशाख २०७९
चितवनमा एकैदिन ३ हजार भन्दा बढि राप्रपामा प्रवेश, अध्यक्ष लिङ्देनले गरे स्वागत
images

चितवन, २ बैशाख । चितवनमा राप्रपामा एकै साथ ३ हजार बढी पार्टी प्रवेश गरेका छन् । भरतपुरमा आयोजित आमसभामा ३ हजार २ सय ४ जना पार्टी प्रवेश गरेको जिल्ला प्रवक्ता राजु भण्डारीले जानकारि दिनुभयो । उहाँका अनुसार पार्टी प्रवेश गर्नेहरुमा करिब २ हजार भरतपुर महानगर क्षेत्रका छन् । महानगरको वडा नम्बर १, ११,१४, १५, १७, २० बाट प्रवेश गर्ने धेरै छन् । माडी नगरपालिकामा वडा नम्बर ७, ८, ९ का धेरै छन् ।

images
images

यस्तै राप्ती, कालिकाबाट राप्रपामा पार्टी प्रवेश गरेका छन् । कांग्रेस, एमाले, माओवादी पार्टी राप्रपामा प्रवेश गरेकालाई केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, केन्द्रीय उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री कुन्ती शाही, केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही लगायतले स्वागत गर्नुभएको थियो ।

images
प्रकाशित मिति :बैशाख २, २०७९ शुक्रवार - २१:१२:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology