Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेकपा एसबाट बेनिघाट रोराङको अध्यक्षमा सहकारीकर्मी टाप बहादुर श्रेष्ठ सिफारिस

नेकपा एसबाट बेनिघाट रोराङको अध्यक्षमा सहकारीकर्मी टाप बहादुर श्रेष्ठ सिफारिस

इच्छाकामना न्युज

२, बैशाख २०७९
नेकपा एसबाट बेनिघाट रोराङको अध्यक्षमा सहकारीकर्मी टाप बहादुर श्रेष्ठ सिफारिस
images

बिशालटार, २ वैशाख । नेकपा एकीकृत समाजबादी बेनिघाट रोराङ गाउपालिका अध्यक्षमा सहकारीकर्मी टाप बहादुर श्रेष्ठ सर्बसम्मतिमा सिफारिस भएको छ । बेनिघाट रोराङ ५ विसालटारमा सम्पन्न पालिका कमिटिको बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । श्रेष्ठ धादिङमा सहकारीकर्मीको रुपमा परिचित नाम 

images
images

उनी धादिङको पूरानो सहकारी मध्यका एक जोगिमारा सामाजिक स्वावलम्वन बचत तथा ऋण सहकारीको संस्थापक अध्यक्ष, धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघको पूर्वअध्यक्ष एवं हाल बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको कोषाध्यक्ष रहेका छन्। 

त्यसैगरी उपाधक्ष्यमा गंगा बिसुरालको नाम चयन गरेको छ।

बैठकले पालिकाका १० वटै वडा अध्यक्ष तथा वडा सदस्यहरुमा पनि माथिल्लो कमिटिमा सिफारिस गरेको छ । सोहि अवसरमा नेकपा एकीकृत समाजवादी धादिङ जिल्ला कमिटिका अध्यक्ष शिव कडेलले गाउँपालिका स्तरको पार्टि कार्यालय पनि उद्घाटन गर्नुभयो ।

 

images
प्रकाशित मिति :बैशाख २, २०७९ शुक्रवार - ०८:३९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology