Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

राप्रपाले आज भरतपुरमा शक्ति प्रदर्शन गर्दै,अध्यक्ष लिङदेनदेखि ज्ञानेन्द्र शाहीसम्म आउने

राप्रपाले आज भरतपुरमा शक्ति प्रदर्शन गर्दै,अध्यक्ष लिङदेनदेखि ज्ञानेन्द्र शाहीसम्म आउने

इच्छाकामना न्युज

२, बैशाख २०७९
राप्रपाले आज भरतपुरमा शक्ति प्रदर्शन गर्दै,अध्यक्ष लिङदेनदेखि ज्ञानेन्द्र शाहीसम्म आउने
images

चितवन, २ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) भरतपुरमा शक्ति प्रदर्शन गर्ने भएको छ । राप्रपा चितवनले आयोजना गरेको विशाल आमसभामा ५० हजार बढी जनता सहभागि गराउने दाबी गरिएको छ । केन्द्रीय बस ट्रमिनलमा हुने आमसभामा सहभागि हुन झाँकी, पञ्चैबाजा, मौलिक भेषभुषा सहित सर्वसाधरण आमसभामा सहभागि हुने राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

images
images

दिउसो १२ बजेदेखि आमसभाको औपचारिक कार्यक्रम सुरु हुने जनाइएको छ । आमसभालाई सम्बोधन गर्न राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग लामा, महामन्त्री डा. धवलशमशेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य तथा नायिका रेखा थापा चितवन आउदै हुनुहुन्छ ।

images
प्रकाशित मिति :बैशाख २, २०७९ शुक्रवार - ०७:३५:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology