जलविरे, १ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा इच्छाकामना गाउँपालिका वडा नं. ६ को वडाध्यक्षमा ३ जनाको भिडन्त हुने पक्का भएको छ। यस वडामा रहेको ३ वटै दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वडाध्इक्ष उम्मेद्वार टुङ्गो लगाएसँगै ३ जनाको भिडन्त हुने पक्का भएको हो।
वडा नं. ६ को वडाध्यक्षको उम्मेद्वार सबैभन्दा पहिले टुङ्गयाएको नेकपा माओवादी केन्द्रले याम बहादुर गुरुङलाई नयाँ उम्मेद्वार बनाएको छ भने नेपाली काँग्रेसले वडाध्यक्षमा पुरानै उम्मेद्वार बिराज गुरुङलाई उम्मेद्वार बनाएको छ।
यस्तै २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जितेको नेकपा एमालेले पनि वडाध्यक्षको लागि नयाँ उम्मेद्वार लक्ष्मण चेपाङ्गलाई अगाडी सारेको बुझिन आएको छ।
योसँगै वडा नं. ६ को वडाध्यक्षमा यी ३ जनाको भिडन्त पक्का भएको हो। यद्यपी सत्ता गठबन्धन घटकले स्थानीय तह निर्वाचनमा पनि सबै पालिकाको वडा तहसम्मै गठबन्धन गर्ने भनेकोले सत्ता घटक नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेद्वार तोकेपनि अझै के होला भन्न सकिन्न।
गठबन्धन नभएमा भने यी ३ उम्मेद्वारको भिडन्त हुने पक्का छ।