गोरखा २१, मंसिर । पत्रकार राजेन्द्र न्यौपानेलाई ज्यान मार्ने धम्की आएकोछ । नेपाल पत्रकार महसंघ गण्डकी प्रदेशका सदस्य एवंम मनासलु डटकमका सञ्चालक न्यौपानलाई गोरखा अस्पतालका चिकित्सकहरुलाई दुव्र्यहार भएको सम्बन्धि समाचारलाई लिएर आफुलाई दलित बिधार्थी संघ गोरखाको अध्यक्ष बताउने रतन परियारले गएराती म्यासेन्जरमा कल गरेर ज्यान मार्ने धम्की दिएको पत्रकार न्यौपानेले जानकारी दिनुभयो।
परियारले समाचार लेखेको बिषयलाई लिएर पत्रकार न्यौपानलेलाई तथानाम गाली गर्दै जहाँ भेट्य्यो त्याही सिध्याइदिने धम्की दिएका हुन् । उनले आफु नेबिसंघको जिल्ला सदस्य पनि भएको भन्दै अपशब्द बोलेर गाली गरेका छन् ।
उनले आफ्नो घर सतिपिपलको क्याफे दि चौतारीसंग जोडिएको भन्दै सकेको गर्न चुनौती दिएर आफुले भेटे मुन्ट्टो छिनाईदिने धम्की दिएका हुन् । घटनालाई लिएर पत्रकार न्यौपानले आफ्नो सुरक्षाका लागि महासंघ, प्रशासन सवैलाई अपिल गर्नुभएको छ । पत्रकार न्यौपाने परियारले दिएको घम्किको २ मिनेट २९ को अडियो समेत उपलब्ध छ ।