Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन १८ बुँदे चितवन घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन १८ बुँदे चितवन घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न

गण्डकी प्रदेशलाई तमुवान प्रदेश नामाकरण गर्न माग, जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व गराउन जोड

इच्छाकामना न्युज

२९, चैत्र २०७८
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन १८ बुँदे चितवन घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न
images

चितवन, २९ चैत । तमू ह्युल धोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनले १८ बुँदे चितवन घोषणापत्र सार्वजनिक गरेको छ ।  घोषणापत्र तयारी समितिका संयोजक प्राडा योगेन्द्र गुरुङले घोषणापत्र सार्वजनिक गर्दै गण्डकी प्रदेशलाई तमुवान प्रदेश घोषणा गर्नुपर्ने बताए । 

images
images

गण्डकी प्रदेशमा गुरुङहरुको बाहुल्यता रहेकाले प्रदेशलाई तमुवान घोषणा गर्न अल्पकालिन तथा दीर्घकालिन रणनीति तय गर्ने निर्णय भएको बताए । अन्य प्रदेशहरुममा समेत तमुहरुको पहिचान र अधिकार सुनिश्चित गर्न तमू स्वशासित क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरु स्थापना गर्न पहल गरिने बताए। जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक तथा समावेशी प्रतिनिधित्व सुनिश्चत गर्ने, जातीय विभेद विरुद्ध आन्दोलन गर्ने, आदिवासी जनजातिका पहिचान र अधिकारी सुनिश्चित गर्न सरकारले सम्झौता गरेका अन्र्तराष्ट्रिय महासन्धिहरु कार्यान्वयन गर्नुपर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख छन् । 

संघमा १ प्रतिशतभन्दा धेरै जनताले बोल्ने भाषा र प्रदेश ४ मा भाषा आयोगबाट सिफारिस भएअनुसार गुरुङ र मगरको भाषालाई सरकारी कामकाजको भाषाका रुपमा लागू गर्न माग गरेको छ । प्राथमिकदेखि उच्च तथा अनुसन्धानमूलक शिक्षामा तमू विद्यार्थीहरुलाई उचित छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने, क्होला सों प्रे ट्होलाई राष्ट्रिय सम्पदाको सूचिमा राख्न सरकारको ध्यानाकर्षण गराइएको छ । सुकदेव गुरुङ, सुपति गुरुङ, श्रीपति गुरुङलाई राष्ट्रिय सहिद, हर्क गुरुङ झागल गुरुङ, वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । 

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - २१:३१:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology