Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका कर्ण बहादुर गुरुङ निर्वाचित

तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका कर्ण बहादुर गुरुङ निर्वाचित

परिषद्को केन्द्रीय समितिमा चितवनका ५ जना निर्वाचित

इच्छाकामना न्युज

२९, चैत्र २०७८
तमू ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका कर्ण बहादुर गुरुङ निर्वाचित
images

चितवन, २९ चैत । तमु ह्युल धोँज धीं गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका कर्णबहादुर गुरुङ निर्वाचित भएको छ । चितवनमा आज सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट परिषद्को केन्द्रीय अध्यक्षमा चितवनका गुरुङ अध्यक्षमा निर्वाचित भएको हो। 

images
images

चितवनको भरतपुर–१९ का वडाध्यक्ष समेत रहेका गुरुङ को अध्यक्षतामा महाधिवेशनले ६७ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसमध्ये ५ जना मनोनित भएकाहरु छन्।

यस्तै महाधिवेशनले बरिष्ठ उपाध्यक्षमा काठ्माण्डौका आरवि तमू, उपाध्यक्षहरुमा स्याङजाका यमबहादुर तमू, ओखलढुङगाका टेकबहादुर तमू, गोर्खाका नरबहादुर तमू, तनहुँका धनमान तमू, लमजुङका मेनबहादुर घले, खोटाङका लक्ष्मण तमू, महिला उपाध्यक्षमा गोर्खाका भगवती तमू निर्वाचित गरेको छ। 

tamu-hyula-mahadhibesan1-768x576.jpg

महासचिवमा सुनसरीका डम्बरबहादुर तमू, सहमहासचिवमा कास्कीका मनोज तमू, उपमहासचिवहरुमा गोर्खाका राजु तमू र दिल तमू, सचिवहरुमा चितवनका सन्तलाल तमू, धादिङका गोपाल तमू, प्युठानका जिएस तमू, महिला सचिवमा काठ्माण्डौका देवकुमारी तमू, कोषाध्यक्षमा स्याङजाका सिरीसाद तमू, सहकोषाध्यक्षमा ललितपुरका गंगाबहादुर तमू निर्वाचित भएको छ । 

यस्तै प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर १ मा केशरमान तमू, मधेस प्रदेशमा एकबहादुर तमू, बागमती प्रदेशमा गणेशबहादुर तमू, गण्डकी प्रदेशमा दलबहादुर तमू, लुम्बिनी प्रदेशमा झपटबहादुर तमू, कर्णाली प्रदेशमा नन्दबहादुर तमू, सुदुरपश्चिम प्रदेशमा मनबहादुर तमू निर्वाचित भएको छ भने काठ्माण्डौ उपत्यका प्रमुखमा लोकबहादुर तमू, सचिवालय सदस्यमा हरिमाया तमुलाई निर्वाचित गरेको छ।

महाधिवेशनले १९ जना पदाधिकारी, ७ जना प्रदेश प्रमुख, ३९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ। परिषद्को राष्ट्रिय महाधिवेशनबाट चितवनका ५ जना केन्द्रीय नेतृत्वमा पुगेका छन्। चितवनबाट केन्द्रीय अध्यक्ष कर्णबहादुर तमू, सचिवमा सन्तलाल तमू, बागमती प्रदेशमा गणेशबहादुर तमू, केन्द्रीय सदस्यहरुमा हिमाल तमू, भैखुकुमारी तमू निर्वाचित भएका छन्। 

महाधिवेशनले तमू बौद्ध सेवा समिति विशेष संगठनबाट सदस्यमा टिकाराम तमू, अनुशासन समिति संयोजकमा केवलमान तमू, लेखा समिति संयोजकमा खेमजङ तमूलाई निर्वाचित गरेको छ ।

images
प्रकाशित मिति :चैत्र २९, २०७८ मंगलवार - २०:५३:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology