Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अबको दुई दिनभित्र लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारलाई चुनौती

अबको दुई दिनभित्र लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारलाई चुनौती

सिआईएन

२८, चैत्र २०७८
अबको दुई दिनभित्र लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन सरकारलाई चुनौती
images

काठमाण्डौ, २८ चैत । सरकारलाई आउँदो अबको दुई दिनभित्र लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउन चुनौती देखिएको छ । सरकारले चैत मसान्तभित्र कुल जनसङ्ख्याको लक्षित समूहलाई कोरोनाविरुद्धको खोप लगाउने बताएको थियो । तर, अहिलेसम्म १८ वर्ष माथिका ९४ प्रतिशत र १२ वर्षमाथिका ९२ प्रतिशतलाई मात्र पहिलो मात्रा खोप दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

images
images

यसले सरकारको लक्ष्य पूरा गर्न चुनौती देखिएको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले सीआईएनसँग बताउनुभयो । सरकारले खोप अभियान सुरु भएपछि अहिलेसम्म ४ करोड ३ लाख मात्रा खोप लगाएको छ ।

जसमध्ये १ करोड ८८ लाखले एक मात्रा, १ करोड ९२ लाखले दोस्रो मात्रा र २३ लाखले अतिरिक्त अर्थात् बुस्टर मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४ करोड ७८ लाख मात्रा खोप नेपाल आइपुगेको छ । 

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - ०९:२३:२८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology