मुग्लिन, २७ चैत । चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङटार स्थित त्रिशुली नदीमा एक पुरुषको वेवारिसे शव फेला परेको छ। आज बिहान करिब ११ बजेतिर नदीले बगाउदै ल्याएको अवस्थामा शव फेला परेको हो।
नदीले शव बगाउदै ल्याएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यलय मुग्लिङबाट खटिएको प्रहरिले शवलाई नदिबाट बाहिर निकालेर पोष्टमार्टमको लागि भरतपुर अस्पताल पठाईएको कार्यालय प्रमुख प्रहरी निरिक्षक सुर्य बहादुर राना मगरले जानकारी दिए।
उनका अनुसार अन्दाजी ३०–३५ बर्ष जस्तो देखिने पुरुषको हातमा नेपालीमा गणेश लेखिएको ट्याटु रहेको र शवको अझै पहिचान हुन सकेको छैन।