आँबुखैरेनी, २६ चैत । आगामी स्थानीय तह निर्वाचनमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. २ को वडाध्यक्षमा नेपाली काँग्रेसका युवा नेता झलक थापाले दावी गरेका छन्। उनले वडाध्यक्षमा आफुलाई टिकट दिलाउन पार्टीमा दावी प्रस्तुत गरेको हो।
नेपाली काँग्रेस आँबुखैरेनीको कोषाध्यक्ष एवं क्षेत्रीय प्रतिनिधी रहेका थापा पूर्व शिक्षक, समाजसेवी तथा युवा नेता हुन्। वडा नं. २ मा नेपाली काँग्रेसले नै जितेको भएपनि हालको जनप्रतिनिधिले राम्रोसँग काम गर्न नसकेकोले वडाध्यक्षमा आफ्नो दावी प्रस्तुत गरेको उनले बताए।
इच्छाकामना न्युजसँग संक्षिप्त कुराकानी गर्दै उनले आफु आएपछि उत्कृष्ट योजनाका साथ नागरिकको चाहना अनुरुप अनवरत सेवामा खटिने बताए। साथै आफु स्थानीय नागरिकसँग भिजेर नयाँ भिजनका साथ काम गर्न सक्ने युवा पुस्ता भएकोले नागरिकको नजरमा योग्य उम्मेद्वार भएकोले आफुले निर्वाचन जित्ने पनि उनले बताए।