Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

थारु पत्रकार संघ चितवनको भित्तेपात्रो विमोचन

थारु पत्रकार संघ चितवनको भित्तेपात्रो विमोचन

images

इच्छाकामना न्युज

२५, चैत्र २०७८
थारु पत्रकार संघ चितवनको भित्तेपात्रो विमोचन
images

चितवन, २५ चैत । थारु पत्रकार संघ चितवनले प्रकाशन गरेको नयाँ वर्ष २०७९ सालको भित्तेपात्रो विमोचन गरिएको छ । शुक्रबार नवलपुरको अमलटारी होमस्टेमा सुरु भएको थारु पत्रकार संघ नेपालको महाधिवेशनको समुद्घाटन सत्रमा भित्तेपात्रो विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि थारु आयोगका अध्यक्ष विष्णु चौधरी, थारु पत्रकार संघ नेपालका अध्यक्ष सन्तोष दहित, विशिष्ट अतिथि फोनिजका वरिष्ठ उपाध्यक्ष लक्की चौधरी, थारु कल्याणकारिणी सभा काठमाडौँ उपत्यका सभापति सुमन चौधरी र थारु पत्रकार संघका सल्लाहकार कृष्णराज सर्वाहरीले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गरेको थारु पत्रकार संघ चितवनका अध्यक्ष दिपेश चौधरीले जानकारी दिए ।

उनका अनुसार भित्तेपात्रोमा थारु पत्रकार संघको गतिविधिको झलकहरु समेत समेटिएको छ । संघले पहिलोपटक क्यालेन्डर प्रकाशन गरेको हो । संघले नयाँ नेतृत्व पाएसंगै सक्रियता बढाउदै लगेको छ ।

 

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - २२:०९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology