Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चैत २८ र २९ गते चितवनमा हुने

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चैत २८ र २९ गते चितवनमा हुने

इच्छाकामना न्युज

२५, चैत्र २०७८
तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चैत २८ र २९ गते चितवनमा हुने
images

चितवन, २५ चैत । तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । चैत २८ र २९ गते दुई दिन चितवनको भरतपुर स्थित सिएमटी रिसोर्ट हाकिम चोकमा महाधिवेशन हुने भएको हो ।

images
images

परिषद्ले चितवनको भरतपुर ९ सरदपुर स्थित डल्फिन रिर्सोटमा आज शुक्रबार पत्रकार सम्मेलन गरि महाधिवेशन बारे जानकारी दिएको हो । महाधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्ष रेशम गुरुङको संयोजकत्वमा २३१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । साथै चितवनका अध्यक्ष गणेशबहादुर गुरुङको संयोजकत्वमा १५१ सदस्यीय ब्यवस्थापन समिति गठन गरिएको छ । 

त्यस्तै महाधिवेशन सम्पन्न गर्न विभिन्न १७ वटा उपसमितिहरू गठन गरि काम भइरहेको छ ।महाधिवेशन तयारीको काम ९० प्रतिश सम्पन्न भएको परिषद्का अध्यक्ष रेशम गुरुङले बताए ।

महाधिवेशनमा संगठन विस्तार भएका देशभरका ६५ जिल्लाबाट एक हजार प्रतिनिधिहरू सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिए। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङबाट माहधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको परिषद्ले जनाएको छ ।

यस बर्षको मुल नारा “तमुवान स्वयत्तता, हाम्रो साझा प्रतिबद्धता !!” भन्ने रहेको अध्यक्ष गुरुङले बताए। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । २८ सदस्यीय सचिवालय र ७७ सदस्यीय संघि समिति गठन गर्दै महाधिवेशन सम्पन्न हुने परिषद्ले जनाएको छ ।

गुरुङ जातीको भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्नका साथै आफ्नो समुदायको हक, हित र अधिकारका लागि गठन गरिएको तमू ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषद् विशुद्ध जातीय संगठन हो ।

images
प्रकाशित मिति :चैत्र २५, २०७८ शुक्रवार - २१:३३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology